Comments Add Comment

आशिष र रेवतीको मोफसल दौड

माघको २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘समर लभ’को निर्माण यूनिट अहिले मोफसल दौडमा छ । चलचित्रका कलाकारदेखि निर्देशक पश्चिम नेपाल हुँदै पूर्वी नेपालको यात्रामा छन् । चलचित्रको टिमले दर्शक र मिडियासँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको बारेमा जानकारी पनि दिइरहेको छ ।

नेपालगञ्जबाट सुरु भएको यात्रा तुलसीपुर, घोराही, बुटवल, चितवन, हेटौडा, धरना, दमक, विर्तामोडसम्म पुगेको थियो । चलचित्रका मुख्य कलाकार नायक आशिष पिया र नायिका रेवती क्षेत्री मंगलबार पोखरा पुग्दैछन् । चलचित्रको टिम मोफसल दौडमा रहेको समयमा यसमा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल पनि रिलिज भएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको गीतको भिडियोमा मुख्य कलाकार आशिष र रेवतीको खुशीका पलहरु देखाइएको छ ।

मुस्कान ढकालकले निर्देशन गरेको चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने विनोद अधिकारी यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङको मुख्य भूमिका छ । सुविन भट्टराइले लेखेको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्र निर्माण भएको हो । उपन्यासलाई पटककथामा सामिप्यराज तिमिल्सिनाले ढालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment