Comments Add Comment

नेपाली महिला फुटबल टिमले फोर–नेशन प्रतियोगितामा भाग लिने

८ माघ, काठमाडौं । नेपाली महिला फुटबल टिमले फोर–नेशन प्रतियोगितामा भाग लिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालले भारतको भुवनेश्वरमा हुने फोर–नेशन प्रतियोगितामा भाग लिने जानकारी दिएको हो । प्रतियोगिता फेब्रुअरीको ७ देखि १७ गतेसम्म आयोजना हुने छ ।

प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, म्यानमार र श्रीलंका पनि सहभागी हुनेछन् ।

यो प्रतियोगितालाई नेपालले आगामी मार्चमा विराटनगरमा हुने साफ च्याम्पियनसिपको तयारीको रुपमा पनि लिएको छ । त्यही साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै प्रतियोगितामा भाग लिन आटेको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिपको समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । त्यस्तै, समूह बी मा भने भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपालको उपाधि जित्ने लक्ष्य रहेको छ । त्यही अनुसारको अभ्यास पनि लामो समयदेखि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment