Comments Add Comment

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति समात्न प्रहरीले गोंगबुमा गोली चलायो

८ माघ, काठमाडौं । शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले एक जनामाथि गोली चलाएको छ । काठमाडौंको गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले होटल नक प्रा.लि.को १०४ नम्बर कोठामा गएर गोली हानेको जनाइएको छ ।

उनको देब्रे खुट्टामा गोली लागेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरलाई बताए ।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको लामाले बताए ।

डीएसपी बोगटीका अनुसार गएरातिदेखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचना आएको थियो । सोही आधारमा मंगलबार साँझ प्रहरी टोली त्यहाँ पुग्दा पेस्तोल देखाएपछि गोली चलाउनु परेको उनले बताए ।

तामाङको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment