+
+
Shares

ऊर्जामन्त्रीले भारतीय सचिवलाई भने-तल्लो तटीय लाभका बारेमा छलफल गरौं

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते १४:३४

८ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भारतीय ऊर्जा मन्त्रालयका सचिव अजय भल्लाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधवारदेखि पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौं (जोइन्ट स्टेयरिङ कमिटी-जेएसटिसी)बैठकमा सहभागी हुन नेपाल आएका सचिव भल्लाले मंगलबार दिउँसो उर्जामन्त्री पुनसँग भेटवार्ता गरे ।

भेटमा मन्त्री पुनले नेपाल-भारतसम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे । उनले नेपाल भारतसँग उर्जा क्षेत्रमा सहकार्य गर्न थप ईच्छुक रहेको बताए ।

मन्त्री पुनले सरकारले बुढीगण्डकी र दूधकोशीजस्ता ठुला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण, सिंचाई र खानेपानीका लागी सहयोग पुग्ने धारणा राखे ।

उनले त्यसका साथै तल्लो तटीय लाभका वारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताए ।

मन्त्री पुनले भन,े ‘हामीले नेपालमा ठूला जलाशययुक्त परियोजनाहरु बनाउँदैछौ, यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’

उनले भारत सरकारले संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिकाले नेपालको विद्युत व्यापारका लागी फाईदा पुर्‍याएको भन्दै त्यसका लागि धन्यवाद समेत दिए ।

नेपालमा हाल दुई तिहाई बहुमतसहितको स्थायी सरकार रहेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानीका लागी वातावरण बनाइदिन आग्रह गरे ।

‘हाल देशमा बलियो र स्थिर सरकार छ, म तपाईमार्फत भारतीय लगानीकर्तामा नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ भन्ने सूचना प्रवाह होस भन्ने चाहन्छु,’ भेटमा मन्त्री पुनले भने ।

मन्त्रीपुनसँगको भेटमा सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतीबारे जानकारी गराउनुका साथै सचिवस्तरीय वैठकका ऐजेण्डाबारे समेत अवगत गराए ।

सचिव भल्लाले सचिवस्तरीय वैठकमा अन्र्तरदेशिय प्रशारण लाइन, १३२ केभीको कटैया-कुसाहा र रक्सोल-परवानीपुर दोस्रो सर्किट निर्माण र भारतिय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको बारेमा छलफल हुने बताए ।

उनले न्यु वुटवल-गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको बारेमा प्राविधिक तहमा पर्याप्त छलफल भएको भन्दै सचिवस्तरीय वैठकमा त्यसको टुंगो लगाउनेे गरी छलफल गर्ने तयारी रहेको जानकारी दिए ।

त्यसका साथै इनर्जी बैंकिङको लागी प्राविधिक तहमा घनिभुत छलफल भएको भन्दै त्यसमा सहमतिको प्रयास हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?