Comments Add Comment

क्यूज हलमा पत्रकार कुटिएको घटनामा चलचित्र पत्रकार संघको भर्त्सना

वुधबार काठमाण्डौको दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज सिनेमा हलमा आयोजित ‘शुभ लभ’ चलचित्रको कार्यक्रममा चलचित्र पत्रकार संघका सचिव तथा चलचित्र पत्रकार समिर बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली चलचित्रको सबैभन्दा धेरै कार्यक्रम हुने यो हलमा पत्रकारहरुमाथि यसअघि पनि हलमा कार्यरत कर्मचारीले नमिठो बचन लगाउँदै आएका थिए । वुधबार भने समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । सो समयमा हलमा कार्यरत कर्मचारीले उनीमाथि हातपात गरेका थिए । संघका महासचिव अनिल यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यस्तो ज्यादती भइसक्दासमेत कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ । यसले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र ‘शुभ लभ’ चलचित्रले गर्ने पत्रकार सम्मेलनमा सहभागी भएर रिपोर्टिङ गर्न असुरक्षित महशुश गराएको छ ।’

संघले क्यूज हलमा र चलचित्र ‘शुभ लभ’ चलचित्रले अब उप्रान्त गर्ने पत्रकार सम्मेलनमा पत्रकारहरुको सुरक्षा प्रत्याभुतीको ग्यारेन्टी नगर्दासम्म संघसम्म आवद्ध हुने चलचित्र पत्रकारहरु सहभागी हुन नसक्ने चेतावनी समेत दिएको छ ।

क्यूज हलले माफी माग्यो

पत्रकार कुटिएको घटनाप्रति क्यूज हलले माफी मागेको छ । क्यूज सिनेमाका प्रवन्धक राकेश श्रेष्ठले विज्ञप्ती जारी गर्दै पत्रकार कुटिएको घटनामा दुख व्यक्त गर्दै क्षमा मागिएको हो । विज्ञप्तीमा बाह्य श्रोतबाट अनुवन्धित भएका दुई कर्मचारीलाई निष्काशित गरिएको मसेत उल्लेख गरिएको छ ।

चलचित्रको कार्यक्रम आयोजना हुने काठमाण्डौका विभिन्न हलमा समाचार संकलनका लागि पुग्ने पत्रकारमाथि दुव्र्यवहार हुने, नमिठो बचन कर्मचारीबाट सुन्नुपर्ने घटना निरन्तर चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment