११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले युएईविरुद्ध खराब ब्याटिङ गरेको छ ।
नेपालले आठौं विकेटको रुपमा बसन्त रेग्मीलाई शून्य रनमै गुमाएको छ । यसअघि सातौं विकेटको रुपमा करण केसीलाई तीन रनमा गुमाएको छ । २४ ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर मात्र ८० रन बनाएको छ ।
नेपालका लागि कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । सोमपाल कामीले ३० र कप्तान पारस खड्काले २० रन बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भए ।
नेपालका लागि विनोद भण्डारी पाँच, पवन सर्राफ चार रनमा आउट भए । त्यस्तै, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमै आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4