Comments Add Comment

‘भारत’को टिजर रिलिज, सलमान शिर्ष भूमिकामा

लगातार दुइवटा इदमा असफल चलचित्र दिएका बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने उद्देश्यका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् ।

आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण, देश जोड्न आवश्यक नभएको संवाद उनी बोल्छन् । यो चलचित्रलाई अलीअब्बास जफरले निर्देेशन गरेका हुन् । चलचित्रमा तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment