Comments Add Comment

‘रणवीर’मा सुवेक्षासँग रोमान्टिक सुशिल

माघ १८ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रणवीर’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा चलचित्रका मुखय कलाकार सुशिल सिटौला र नायिका सुवेक्षा खड्कालाई फिचरिङ गरिएको छ ।

को रोमान्टिक गीतमायामा सार्वजनिकगरिएको छ । यो गीतको छायांकन पोखरामा गरिएको हो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत छ । हर्कुलस र प्रविशा अधिकारीले गीतमा स्वर दिएका छन् । भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।

नायिका खड्काले भनिन्–‘प्रेमभाव बोकेको गीतमा पहिलो पटक देखिदा खुशी लागेको छ । दर्शकलाई यो गीतले प्रेमको महशुश गराउँछ ।’ यो चलचित्रमा सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवि गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय छ । गोविन्द सिंह भणडरीको चलचित्रमा लेखन तथा निर्देशन छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा यो चलचित्र बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment