+
+
Shares

बक्यौता नतिर्ने कम्पनीको लाइसेन्स खारेज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १३ गते १८:०८
Photo Credit : फाइल फाेटाे

१३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले बक्यौता नतिर्ने मोवाइल सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेजीको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा बोल्दै सचिव गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणले ति कम्पनीको लाइसेन्स खारेज गर्ने तयारी गरेको उनले बताए ।

प्राधिकरणकले दिएको जानकारी अनुसार स्मार्ट टेलिकम, नेपाल स्याटलाईट टेलिकम, सीजी नेपाल लगायतले ठूलो परिमाणमा बक्यौता तिरेका छैनन् ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमको मात्रै १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी र नेपाल स्याटेलाइट कम्पनीको ६९ करोड ४२ लाख रुपैयाँ भन्दा बढी बक्यौता रहेको छ ।

बैठकमा सांसदहरुले दुर सञ्चार सेवाहरु प्रभावकारी नभएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।  ग्रामिण भेगमा मात्रै नभएर तराईका सुगम ठाउँहरुमा समेत गुणस्तरीय सेवा नपुगेको सांसदहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?