+
+
Shares

चीनद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १६:५५

१४ माघ, काठमाडौं । चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् ।

चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो ।

चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको उद्घाटन गरेका छन् ।

सडक हस्तान्तरण तथा उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीन सरकारप्रति आभार एवं धन्यवाद व्यक्त गरे ।  दुवै छिमेकी देशहरुलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिबद्धता पनि उनले उक्त अवसरमा जनाए ।

सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर, यो सडक वैज्ञानिक तवरले डिजाइन र निर्माण नभएको गुनासो पनि चर्को सुनिएको छ । सरकारले सर्भिस लेन निर्माणको काम भने सकाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?