Comments Add Comment

तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने

१४ माघ, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाहृय लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।

समृद्ध नगर निर्माणका लागि स्थानीय पुुँजी मात्र पर्याप्त नहुने ठहरसहित नगरपालिकाले लगानी सम्मेलन गर्ने तयारी थालेको हो ।

नगरभित्रका सरोकारवाला पक्षसंगको छलफलपछि नगरपालिकाले लगानी सम्मेलन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा मूल आयोजक समिति र लगानीका क्षेत्र पहिचान समिति गठन गरेको छ ।

रुपन्देही आसपास र नेपाल भित्रका लगानीकर्ताहरुलाई स्थानीय लगानीकर्ता र विज्ञहरुको सहायतामा आव्हान गरिनेछ । यसका साथै छिमेकी देश भारत, चीन, अमेरिका र दक्षिण कोरियाका केही संभ्रान्त नगर र गैरआवासीय नेपालीमार्फत आवश्यक समन्वय गरी लगानीका लागि आग्रह गरिने नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

उपप्रमुख चौधरी नेतृत्वको समितिले प्रोजेक्ट वैंक स्थापना, लगानीका लागि नीतिगत सुधार, आधारभूत पूर्वाधारहरुको निर्माण, औद्योगिक ग्रामलाई पूर्णता लगायतका कामहरु गरी लगानीमैत्री वातावरण बनाउने प्रमुख घिमिरेले बताए ।

संघ र प्रदेश सरकारले समेत लगानी सम्मेलन गर्न गइरहेकाले उनीहरुले भन्दा अघि नै आगामी चैतभित्रै लगानी सम्मेलन गर्ने लक्ष्य तिलोत्तमा नगरपालिकाको छ ।

सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी नगरपालिकाभित्र रोजगारी सिर्जना र नगरपालिकाको आम्दानी बढाउन नगरपालिकाले यस्तो अवधारणा ल्याएको हो ।

नेपाल भारत सिमा नाकाको नजिक, ६ लेन सडक र प्रशस्त सार्वजनिक सार्वजनिक जग्गाको उपलब्धताका कारणले नगरभित्र कृषि, पर्यटन र सेवामूलक उद्योग व्यवसायमा लगानी गरी आम्दानी लिन सकिने उपप्रमुख चौधरीले बताइन् ।

नगरपालिकाले कम्तीमा एक अर्ब लगानी र पाँच सय जनालाई रोजगारी दिन सकिने खालमा उद्योग वा व्यवसायहरुमा लगानी साझेदारी गर्ने रणनीति बनाएकको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

‘सकेसम्म निर्यातजन्य उत्पादनमूलक उद्योग र तारे स्तरका सेवामूलक होटलमा लगानी गर्ने सोंचमा छौं,’ सापकोटाले भने, ‘यसबाहेक सहकारीको पुँजीलाई एकीकृत लगानी गरी दैनिक उपभोग्य र कृषिजन्य वस्तुको उत्पादन र विक्रिका लागि ठुलाठूुा सपिङ कम्प्लेक्समा पनि लगानी गर्न सकिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment