Comments Add Comment

अनलाइनकर्मी रानाभाट सम्मानित

बार्सिलोना। अनलाईनकर्मी बसन्त रानाभाट युरोपमा सम्मानित भएका छन्। विश्व कलाकार संघ नेपाल (वान) स्पेन शाखाले शनिबार आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा पत्रकार रानाभाटलाई बार्सिलोनामा सम्मान गरेको हो।

स्पेनका गतिविधि, समस्यालगायत कार्यक्रमहरुलाई देश–विदेशसम्म समाचारको माध्यमद्वारा पुर्याएको भन्दै पत्रकार रानाभाटलाई सम्मान गरिएको हो ।

विगत ५ वर्षदेखि अनलाईनखबरमा आवद्ध पत्रकार रानाभाट अनलाईनखवरका  युरोप संयोजकसमेत हुन्। उनी विगत १५ वर्षदेखि पत्रकारितामा आवद्ध छन् । नेपालमा ७ वर्ष पत्रकारिता गरेर युरोप छिरेका रानाभाटले पछिल्ला ८ वर्षदेखि प्रवासका गतिविधि समेट्दै आएका छन्।

विदेशबाट परोपकारी पत्रकारितालाई पनि निरन्तरता दिदै आएका उनले कारागारमा रहेकी काभ्रेकी ७ वर्षीया बालिका कविता तिमिल्सिनालाई स्कुल पठाउन रेडियो कार्यक्रममार्फत सहयोग जुटाएका थिए। यस्तै कास्कीका मृगौलापीडित बलबहादुर गुरुङलाई आर्थिक सहयोग जुटाउँन एवं काभ्रेको सुस्तमनस्थिति केन्द्रमा भान्सा कोठा निर्माणको सहयोग अभियानमा पनि भूमिका खेलेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बार्सिलोना नगरपालिकास्थित आप्रवासन तथा अन्तरसांस्कृतिक विभागका अधिकृत लोला लोपेज, एनआरएनए आईसीसी सदस्य मुक्तबहादुर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले खादासहित ट्रफी प्रदान गर्दै  पत्रकार रानाभाटलाई सम्मान गरेका थिए।

कार्यक्रममा पत्रकार भोला लामिछानेसहित कलाकारद्वय  भुवन अछामी र अनुसा थापालाई पनि सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment