+
+
Shares

सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीको १४ करोड अकुत सम्पत्ति !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १५:१५

१५ माघ, काठमाडौं । श्यामकृष्ण च्वामु श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर हुन् । तर, पछिल्लो दुई दशकमा उनले उल्लेख्य सम्पत्ति जोडे ।

२ करोड ४६ लाख रुपैयाँ खर्चिएर जग्गा जोडे । झण्डै चार करोडमा घर बनाए । नमोबुद्ध एग्रो पालिमा साढे ५ करोड लगानी गरे । पौने ४ करोड ऋण पनि तिरे । उनले सवारी साधन खरिदमा मात्र सवा २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

पछिल्लो समय साढे ३३ किलो सुन तस्करीमा मुछिएपछि उनको असाधारण सम्पत्ति आर्जनको रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार श्रेष्ठको परिवारको ९ करोड ६३ लाख ८ हजार ८२९ मात्र बैध आन्दानी भएको पाइएको छ ।

यसबाहेक १० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको पाइएको छ ।

यसबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समते जोड्दा १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मंगलबार श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनले पत्नीहरु तारादेवी र रेखा, बाबु ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण र बुहारी रविनाको नाममा समेत सम्पत्ति लुकाएको ठहर गर्दै अख्तियारले ती सम्पत्ति जफत गर्न माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?