Comments Add Comment

बुटवलमा कृषि मेलाको तयारी, एक सय स्टल रहने

१६ माघ, बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा कृषि मेला २०७५ हुने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघले संयुक्त रुपमा कृषि मेला संचालन गर्ने भएका हुन् ।

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित माघ २१ गतेदेखि बुटवल मण्डपमा सञ्चालन हुने कृषि मेलाको तयारी तीव्र पारिएको छ ।
मेलालाई बढी भन्दा बढी कृषि प्रविधि मेलाको रूपमा विकास गर्न लागिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम बहादुरहमालले बताए ।

‘हामीले यसअघि एकल प्रयासबाट सात बर्षसम्म निरन्तर कृषि मेला गर्दै आएका थियौं, यो पटक प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि साथ दिएको छ यो आठौं संस्करण हो,’ उनले भने ।

त्यस्तै किसानहरुको बालीनालीमा लागेको रोग विषादीको उपचारका लागि मेला स्थलमा बोटविरुवाको स्वास्थ्य परिक्षण शिविर संचालनको व्यवस्था मिलाइने छ ।
कृषि सम्बन्धी अन्य परामर्शको व्यवस्था समेत मिलाइने बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।

मेला तयारीका क्रममा मेलास्थल बुटवलमण्डपमा सचिवालय स्थापना गरी स्टल दर्तासहित स्टल निर्माण तथा अन्य तयारीका काम तीव्र पारिएको छ ।

६ दिनसम्म चल्ने मेलामा कृषि प्रबिधि, उत्पादन, कृषक समूह तथा कृषिसँग सरोकार राख्ने करिब एकसय स्टल रहने छन् ।

मेलामा कृषि केन्दि्रत गोष्ठी, प्रतियोगिता, अन्तरक्रिया,सचेतनामुलकका कार्यक्रमहरु पनि रहनेछन् ।

मेलाको बुटवल उपमहानगरपालिका सहित छिमेकी नगरपालिकाहरुले प्रबर्द्धकको भूमिकामा छन् ।

बुटवललाई १५ वटा कृषि उपजको बृहत संकलन केन्द्रको रूपमा स्थापित गराउदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिने योजना छ ।

कृषि उद्यमी, व्यवसायी कृषक तथा सहकारी सस्थाहरूसंग अन्तरकि्रया, सवाल जवाफ, गोष्ठीको माध्यमबाट गुनासा एवं सुझाव संकलन गर्ने समेत हुने बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment