+
+
Shares

नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना’ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १७:५६

१७ माघ, काठमाडौं । पत्रकार नारायण वाग्लेको तेस्रो कृति कोरियाना कफी गफ फेब्रुअरी महिनाको दोस्रो हप्ता सार्वजनिक हुने भएको छ । यसअघि दुईवटा उपन्यास लेखेका वाग्लेले तेस्रो कृतिको रुपमा गैरआख्यान ल्याउन लागेका हुन् ।

‘नारायणको लेखन तीन शैलीमा वर्गीकृत छन्,’ लामो समयदेखिका मित्र समेत रहेका प्रकाशक किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘उनी एकातिर समाचार, लेख र सम्पादकीय लेख्ने पत्रकार हुन् । अर्कोतिर मनपराइएका उपन्यासकार हुन् । त्यसैगरि तेस्रो विशेषता भनेको उनी कफीगफ लेख्छन् ।’

वाग्ले कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको अनुभव समेटेर उनले तेस्रो कृति लेखेका हुन् । वाग्ले आख्यान वा गैर आख्यान जेसुकै भएता पनि यो साहित्यिक सिर्जना नै रहेको बताउँछन् ।

‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनी भन्छन्, ‘आख्यानात्मक जीवनी मात्र होइन, हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?