Comments Add Comment

अनिल कपुरलाई के रोग लाग्यो ?

बलिउडका सदाबहार अभिनेता अनिल कपूर ६२ वर्षका भए । यो उमेरमा पनि उनी आफ्नो फिटनेश र अभिनयलाई लिएर सधै चर्चामा रहने गरेका छन् ।

बुढेसकाल लागिसक्दा पनि अनिल कपुरको कपाल फुलेको र अनुहारको चमक हराएको छैन । यो सबैको रहस्य भनेको उनको स्वस्थ जीवनशैली नै हो । आखिर कस्तो छ त उनको खानपान र जीवनशैली ?

खानपानमा सजग

अनिल कपूर हरेक दिन विहान सबेरै उठ्छन् । उनी धुमपान र मद्यपान कहिल्यै गर्दैनन् । प्रत्येक दिन योगा र जिमद्वारा आफूलाई फिट राख्ने कोशिश गर्छन् ।

उनी दिनको सुरुवात एक कप चियाबाट गर्छन् । त्यसपछि प्रोटिनयुक्त नास्ता खान्छन् । नास्तामा उनलाई ओट्स, अण्डा वा अमलेट तथा फलफूल खान मन पर्छ । दिउँसोमा बाहिर खानुभन्दा घरमै बनेको खानेकुरा खान उनी रुचाउँछन् ।

उनी लञ्चमा सलादका साथमा काटेको फलफूल, एक कचौरा दाल, तथा भात खान्छन् । दिनको उत्तरार्द्धमा अर्थात डिनरमा उनी गि्रल्ड फिश वा चिकन खान मन पराउँछन् । साथमा मिक्स भेजिटेबल खान्छन् । अनिल कपूर दिनभरमा खुब पानी पिउछन्, जसले गर्दा उनको अनुहारमा सदाबहार चमक छाउने गर्छ ।

वर्कआउट प्लान

अनिल कपूर सातामा ६ दिन जिम जान्छन् । उनी प्रत्येक दिन दुई घण्टा जिममा वर्कआउट गर्छन् । उनको हप्ताभरीको एक सेड्युल वर्कआउट प्लान हुन्छ । उनी दश मिनेट कार्डियो एक्सरसाइज गर्छन् । यसपश्चात्त उनी ३० देखि ३५ मिनेटसम्म योगा गर्छन् ।

अनिल कपूर योगालाई स्वस्थ शरीरका लागि निकै जरुरी मान्छन् । उनी प्रत्येक दिन शरीरको अलग-अलग भागको लागि अलग-अलग एक्सरसाइज गर्दछन् । वर्कआउट पश्चात उनी प्रोटिन शेक खान भुल्दैनन् । यी सब बाहेक पनि अनिल कपूर साइकलिङको निकै ठूलो सौखिन हुन् । उनले आठ वर्षको उमेरदेखि प्रत्येक साँझ साइकलिङ गर्दै आएका छन् । दिनमा समय मिलेमा उनी मेडिटेशन पनि गर्छन् ।

क्याल्सिफिकेसनको शिकार

अनिल कपूरकी छोरी सोनम कपूर आफ्नो पिता स्वास्थ्य र फिटनेशप्रति निकै सजग रहेको बताउँछिन् । तथापि, हालैको एक अन्तवार्तामा आफू ‘क्याल्सिफिकेसन अफ सोल्डर’ रोगबाट ग्रसित बनेको खुलासा गरे । यस रोगका कारण उनको काँध बारम्बार दुख्ने गर्छ । यो रोगलाई चिकित्सकीय भाषामा क्याल्सिफिक टेन्डिनाइटिस पनि भन्ने गरिन्छ ।

अनिल कपूरले जनाएअनुसार यो रोगका कारण उनको काँध ढुङ्गा जस्तो कडा हुँदै गएको छ । यही रोगका कारण अनिल यही अपि्रलमा जर्मनी जाँदैछन् । उनलाई सेलिवि्रटी स्पोर्टस् डाक्टर तथा जर्मनीको राष्ट्रिय फुटबल टिमका डाक्टर ह्यान्स ब्हिलहम मुलर वल्र्फाटले उपचार गर्नेछन् । डा. मुलरले अनिललाई गत वर्ष खुट्टाको कुकुच्चामा चोट लाग्दा पनि उपचार गरेका थिए ।

अनिल कपूरले बताएअनुसार पछिल्लो दुई वर्षदेखि उनको दाहिने काधमा क्याल्सियम जम्मा भइरहेको छ । यो समस्या थप नबढोस भन्नका लागि उनी छिटोभन्दा छिटो उपचार गराउने तयारीमा छन् ।

फिल्महरुमा लगातारमा स्टन्ट गरेका कारण पनि दायाँ काध खराब भएको अनिलको भनाई छ । उनले भने, ‘यही स्टन्टकै कारण मलाई यो समस्या भएको हो । तर अगाडी बढ्नका लागि पनि स्टन्ट गर्न जरुरी छ ।’

के हो क्याल्सिफिकेसन ?

मानिसको पूरा शरीरमा रगतको माध्यमबाट क्याल्सियमको सञ्चार हुने गर्छ । यो शरीरका प्रत्येक कोशिकामा पुगेको हुन्छ  ।

कहिलेकाहीँ शरीरको कोशिका, धमनी वा शरीरको कुनै अंगमा क्याल्सियम जम्मा भइदिन्छ । यस्तो समस्यालाई क्याल्सिफिकेसन भनिन्छ । यस्तो अवस्थामा प्रभावित भाग कडा हुन्छ र शरीर चिलाउन थाल्छ ।

कसलाई हुन्छ यो समस्या ?

सामान्यतया यो समस्या चालीसदेखि साठ्ठी वर्षको उमेरमा देखा पर्ने गर्दछ । यो पुरुषको तुलनामा महिलामा धेरै हुने रोग हो ।

क्याल्सिफिकेसन अफ सोल्डरको समस्या आम मानिन्छ । अनुसन्धानकर्ताहरुले जनाएअनुसार यो समस्या हुनुमा निम्न कारकहरु पनि हुन्छन् ।

-उमेर

-वंशाणुगत कारण

-कोशिकाको असामान्य विकास

-थाइराइड ग्रन्थीको असामान्य गतिविधि

-शरीरले एन्टी इन्फ्लामेन्टरी एजेन्ट बढी मात्रामा पैदा गर्नु

-मुधमेह

लक्षण

क्याल्सिफिकेसन भएमा काँध दुख्ने गर्छ । कसैकसैमा यसको कुनै लक्षण नदेखिन सक्छ । यद्यपी, लामो समयदेखि शरीरका विभिन्न अंगहरुमा क्याल्सियम जम्मा भएमा हात चलाउन कठिनाई हुने, विभिन्न विभिन्न अंग चलाउन समस्या हुने गर्छ । कसैकसैमा यसको दुखाईकै कारण अनिद्राको समस्या हुन्छ ।

शरीरमा क्याल्सिफिकेसन भएमा काँध तथा पाखुरा वरिपरि तिव्र पिडा हुन्छ । यसको तीन चरण हुन्छन् । जसमध्य अन्तिम चरण रिजोप्सनमा यो पिडा असह्य हुने गर्छ ।

उपचार विधि

धेरै जस्तो समस्यामा फिजिकल थेरापी तथा औषधीद्वारा यो समस्या निवारण गर्न सकिन्छ । करिब दश प्रतिशतमा शल्यक्रियाद्वारा पनि यो रोग निको पार्न सकिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment