Comments Add Comment

आसन, प्राणायम र ध्यानः कसरी विकास भयो पतञ्जली योग ? 

अहिले योगको लहर छ । प्राणायाको लहर छ । ध्यानको लहर छ । भौतिक शरीर कति अनमोल छ भनेर खोजी हुन थालेको छ । व्यायाम, योग, प्राणायाम, ध्यान आदि विधीबाट शरीरको वास्तविक रहस्य खोतल्ने र यसको महत्व एवं मूल्यलाई बुझ्ने अभ्यास भइरहेको छ ।

अहिले टोल-टोलमा योग प्रशिक्षण केन्द्र खुलेका छन् । घर-घरमा योग र प्राणायम विधी अपनाउन थालिएको छ । भनौं, एक हिसाबले सकारात्मक लहर चलेको छ ।

शरीरको भाषा नबुझ्ने र शरीरको आवश्यक्तालाई महसुष नगर्ने हो भने, हामी दिनदिनै रोगी, जिर्ण, कमजोर, शिथिल हुँदै जान्छौं । यदि आजको विश्वमा योग, प्राणायाम जस्ता विधीहरुको आवश्यक्ता महसुष नगरिएको भए हामी अस्पताल, उपचार, औषधीको घनचक्करमा फसिरहेका हुन्थ्यौं । तर, हामीसँग योग विज्ञान छ । प्राणायाम, ध्यान विधीहरु छन् । यसले शरीरलाई निरोगी, जवान, उर्जावान् बनाइरहेका छन् । त्यो पनि प्राकृतिक रुपमै ।

हाम्रा पूर्खाले गरेका थिए योगको अभ्यास

योग, प्राणायाम भन्नसाथ हामी आफ्नै टोलका योगगुरुलाई सम्झन्छौं । बाबा रामदेवलाई सम्झन्छौं । श्री रविशंकरलाई सम्झन्छौं । उनीहरुले यी विधीमार्फत हाम्रो समाजमा जागरण ल्याएका हुन् । जागरुकता ल्याएका हुन् ।

हाम्रा पूर्खाहरुले परापूर्व कालमा योग, प्राणायाम, ध्यान जस्ता विधीको खोज, अभ्यास गरेका थिए । त्यसैको फलस्वरुप आज हामी निरोगी जीवन विताइरहेका छौं ।

हाम्रा पूर्खाहरु हरेक रोगको निदान, हरेक समस्याको हल प्राकृतिक विधीबाट खोज्थे । योग, प्राणायाम त्यस्तै एक माध्याम हो, जसले शरीरलाई प्राकृतिक रुपमा निरोगी बनाउँछ ।

अतः आज जुन योग पद्धती हामीले आत्मसात गरिरहेका छौं, त्यसको जननी हुन् महषिर् पतञ्जली ।

योगका सूत्रधारः पतञ्जली

पतञ्जली योगसूत्रका रचनाकार हुन् । उनले तीन वटा ग्रन्थ लेखेका छन्, योगसूत्र, अष्टाध्यायीमा भाष्य र आयुर्वेद ग्रन्थ ।

खासमा पतञ्जली महान चिकित्सक थिए । उनलाई नै चरक सहिंताको परचयिता मानिन्छ । योगसूत्र पतञ्जलीको प्रमूख ग्रन्थ हो । पतञ्जली रसायन विद्याका विशिष्ठ आचार्य थिए । उनी संभवत पुष्यमित्र शुंग -१९५-१४२ इशापूर्व) को शासनकालमा थिए । राजा भोजले उनलाई तनको साथै मनको पनि चिकित्सक भनेका छन् ।

इशापूर्व द्वितिय शताब्दीमा महाभाक्ष्यका रचयिता पतञ्जली काशी मण्डलका निवासी थिए । मुनित्रयको परम्परामा उनी अन्तिम मुनि थिए । पाणिनी पछि पतञ्जली सर्वश्रेष्ठ स्थानका अधिकारी पुरुष मानिन्छन् ।

पहिला योग सूत्रवद्ध थिएन । यसको अभ्यास पनि पूर्ण थिएन । योगप्रति जनविश्वास थिएन । त्यही समयमा महषिर् पतञ्जलीले योगलाई १ सय ९५ सूत्रमा एकवद्ध गरिदिए र अष्टांग योगको प्रतिपादन गरे । आज हामी त्यही योग विधी अपनाइरहेका छौं ।

कालन्तरमा महषिर् पतञ्जलीबाट प्रतिपादित १ सय ९५ सूत्र योग दर्शकनको स्तम्भ मानियो । पतञ्जली नै एक यस्ता व्यक्ति थिए, जसले योगलाई आस्था, अन्धविश्वास र धर्मबाट बाहिर निकालेर एक सुव्यवस्थित रुप दिए ।

योग हिन्दु दर्शनमा एक मानिन्छ । तर, यसको हिन्दु धर्मसँग कुनै लेनदेन छैन । योग ध्यानसँग संयोजन हुन्छ । बौद्ध धर्ममा पनि आफ्नै ध्यान विधी छ । साथै ध्यानको सम्बन्ध इस्लाम र इसाई धर्मसँग पन छि ।

आसन, प्राणायाम र ध्यान

महषिर् पतञ्जलीले अष्टंग योगको महिमा बताएका छन्, जो स्वस्थ्य जीवनका लागि महत्वपूर्ण छ । महिर्ष पतञ्जलीले द्वितीय र तृतिय पादमा जुन अष्टांग योग साधनाको उपदेश दिएका छन्, त्यो यसप्रकार छ । एक, यम । दुई, नियम । तीन आसन । चार, प्राणायम । पाँच, पत्याहार । छ, धारणा । सात, ध्यान । आठ, समाधि । यी आठ अंग आ-आफ्नो उप-अंग पनि हो । वर्तमान योगमा तीन  अंग प्रचलनमा छ, आसन, प्राणायाम र ध्यान ।

महषिर् पतञ्जलीको जन्मको विषयमा एक धार्मिक कथा छ । भनिन्छ, एक समय सबै ऋषिमुनी भगवान विष्णुकहाँ पुगे र भन्न थाले, ‘भगवान्, तपाईंले धन्वन्तरिको रुप लिएर शारीरिक रोगको उपचारका लागि आयुर्वेद दिनुभयो । तर, अहिले पनि पृथ्वीमा मानिसहरु काम, क्रोध र मनको वासनाले पीडित छन् । यी सबै विकारबाट उन्मुक्ति पाउने तरिका के हो ? धेरैजसो मानिस शारीरिक होइन, मानसिक र भावनात्मक स्तरमा विकारबाट दुःखी छन् ।’

भगवान आदिशेष सर्पको ओछ्यानमा सुतेका थिए । हजारौं मुख भएको आदिशेष सर्प, जागरुकताको प्रतीक हो । उनले ऋषिमुनीको प्रार्थना सुने, जागरुकता स्वरुप आदिशेषलाई महषिर् पतञ्जलीको रुपमा पृथ्वीमा पठाए । यस किसिमले योगको ज्ञान प्रदान गर्ने हेतुले पृथ्वीमा पतञ्जलीको अवतार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment