
१८ माघ, काठमाडौं । नेपाल पुलिस क्लब प्रथम दिवाकर भूसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सोझो सेटमा पराजित गदै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले नारायणगढलाई २५–२०, २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्न सफल भयो ।
माघ १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ राष्ट्रिय भलिबल टिमको सहभागिता रहेका छन् । शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दुई लाखसहित ट्रफि हात पार्ने छ ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्नेले एक लाख र तेस्रो स्थान हासिल गर्नेले ५० हजार प्राप्त गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4