Comments Add Comment

‘क्याप्टेन’को रेकर्ड ब्रेक ट्रेलर

नायक अनमोल केसीलाई शिर्ष भूमिकामा प्रस्तुत गरेको चलचित्र ‘क्याप्टेन’को ट्रेलर आज सार्वजनिक भएको छ । युटुबमा यो चलचित्रको ट्रेलरले रेकर्डतोड भ्यूज पाएको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टा नवित्दै यसले १ लाख ३० हजार भन्दा बढी भ्यूज पाएको छ । यो कुनै पनि नेपाली चलचित्रको ट्रेलरले सर्वाधिक चाडो पाएको भ्यूज हो ।

नायक अनमोल केसीलाई गाउँदैखि संघर्ष गरेर राष्ट्रिय स्तरको फुटबल खेलाडी बनेको चलचित्रमा देख्न सकिनेछ । अनमोलको साथमा चलचित्रमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रको ट्रेलर साहिल खानले काटेका हुन् । साहिलको ट्रेलर कटिङ उत्कृष्ट छ । जीया केसी कार्यकारी निर्माता रहेको चलचित्रमा सुदिप बरालको छायांकन, दिर्घराज खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिनाको कथा, अर्जुन पोखरेलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment