Comments Add Comment

अनसन फिर्ता लिन डा. केसीलाई नागरिक अगुवाको अपील

१८ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक समाजका अगुवाहरुले आमरण अनसन फिर्ता लिन डा. गोविन्द केसीलाई आग्रह गरेका छन् ।

तर, डा. केसीले मानेका छैनन् ।

कार्कीसँगै पूर्वसभामुख दमननाथ ढुंगानालगायतले अपील जारी गर्दै कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । आमरण अनसन अन्त्य गरी यहाँले जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी गराउँछौं’ अपीलमा भनिएको छ ।

नागरिक समाजका अगुवाहरुले सम्वाद गर्नुका साटो प्रतिकारको बाटो लिएको सरकारको आलोचना गरिएको छ ।

बलपूर्वक प्रतिकार गर्ने, हिंसात्मक प्रवृत्तिलाई बढवा दिनुका साथै छद्मभेदी अनसनरकारी खडा गरेको भन्दै नागरिक अगुवाहरुको अपीलमा भनिएको छ, सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलनमाथि हिलो छ्याप्ने डरलाग्दो प्रवृत्ति देखाउँछ ।’

पूर्वराष्ट्रपति डा. रावरण यादव र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि डा. केसीलाई भेटेर स्वास्थ्य निकै जोखिममा रहेको भन्दै अनसन तोड्न आग्रह गरेका थिए ।

हेर्नुहोस् अपील

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment