Comments Add Comment

निरुतासँग फोटो खिच्दा सुनिल र प्रशान्तले के भने ?

शुक्रबार आयोजना भएको चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका निरुता सिंह पुग्दा उनीसँग फोटो खिच्ने क्रममा कलाकार सुनिल थापा र प्रशान्त ताम्राकारले रमाइलो गरे । सुनिल र निरुताले केही चलचित्रमा एकसाथ काम गरेका छन् । सुनिल थापाले निरुतालाई भेट्दा लामो समयपछि भेट भयो भन्दै फोटो खिच्न तम्सिए ।

मुम्बइमै बसेतापनि निरुता र सुनिलको भेट खासै नहुने रहेछ । निरुतासँग सुनिलले लामो समयपछि भेट भएको भन्दै तस्बिर खिचाइरहँदा आइपुगेका कलाकार प्रशान्त ताम्राकारले भने–‘मेरो त झन् निरुताजीसँग पहिलो भेट हो । खै, म पनि तस्बिर खिचौ ।’

दुई कलाकारले तस्बिर खिचाउँदा निरुता मुस्काइन् । निरुता नेपालमा कम, भारतमा धेरै बस्ने गरेकी छिन् । उनी, अहिले चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा नृत्य गर्नका लागि नेपाल आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment