Comments Add Comment

रामेछापका सूचना अधिकारीहरुलाई छुट्टै टेलिफोन

Photo Credit : सूचना अधिकारी र पत्रकारहरुबीच आयोजना गरिएको अन्तरक्रिया । तस्वीर: नवराज पथिक

१९ माघ, रामेछाप । जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारीहरुको लागि छुट्टै मोबाइल फोनका व्यवस्था गरिएको छ । सरकारी कार्यालयले नागरिकलाई दिने सूचना प्रभावकारी नभएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा सो कार्य सुरु भएको हो ।

अब सेवा प्रदायक सरकारी कार्यालयले जिल्लाभरिका सूचना अधिकारीहरुको सम्पर्क नम्बरहरु हरेक कार्यालयमा सर्वसाधारणले देख्ने गरी फ्लेक्स बोर्डमा टाँस गर्नुपर्न भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभरिका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

केहीदिन अघि सदरमुकाम मन्थलीमा भएको साझा सभामा सरकारी कार्यालयको सूचनामा नागरिकको पहँुच नपुगको भनि अगुवाहरुले गुनासो गरेका थिए । सो गुनासो आउनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले सूचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम राखि सो कुरा सार्वजनिक गरेको हो ।

अन्तरक्रियामा पनि सञ्चाारकर्मीहरुले जिल्लामा सञ्चालित कार्यालयहरु सूचनामैत्री नभएको भन्दै गुनासो गरे । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले भने, ‘सेवा प्रदायक निकायहरु अझै पनि सूचनामैत्री हुन सकेका छैनन् । कार्यलय प्रमुखसँग सूचना माग गर्दा सूचना अधिकारीलाई देखाउने र सूचना अधिकारीसँग माग्दा उहाँलाई नै थाहा नहुने अवस्था छ ।’

कार्यक्रममासहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले जिल्लामा सञ्चालित सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवासँग सम्बन्धीत आवश्यक सूचनामा कमी हुन नदिने बताए । ‘हिजो केही कमजोरी भए, तर अब त्यस्तो हुने छैन’, उनले भने ।

जिल्लाका ४३ वटा सरकारी कार्यालयहरुका सूचना अधिकारीलाई सूचना दिन र लिनका लागि सिमकार्ड र मोबाइल फोन समेत व्यवस्था गरिएकाले अब सूचना अधिकारीले प्रभावकारी काम गर्ने उनले बताए ।

सूचना अधिकारीहरुले आवश्यक स्रोत साधनको अभावमा सूचना दिने र लिने कुरा केही कमजोरी भएपनि अब त्यसो हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment