
१९ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् ।
चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् ।
अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेको जनाइएको छ । यद्यपि, उनलाई केही दिन अस्पतालमै राखिनेछ ।
थापा पक्षका युवा संघका एक नेताले भने, ‘स्वास्थ्य अवस्था जटिल भएकाले उहाँलाई उपचारका लागि राख्नेछौं ।’
थापाले डा. गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने माग पनि राखेका थिए । केसीको विरोधमा अनसन बसेका कारण सत्तापक्ष, नेकपा वा सम्बन्धनको पर्खाइमा बसेका मेडिकल कलेजबाट थापा परिचालित भएको हुनसक्ने आशंका गरिएको थियो ।
अनशनकै क्रममा उनी नेपाल प्रहरीबाट हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेर छुटेको अभियुक्त भएको समेत सार्वजनिक भएको थियो ।
डा. केसीले शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशन तोडेका थिए । सरकारले व्यापक विरोधका बीच विधेयक पारित परेपछि फरक रुपमा संघर्ष जारी राख्ने बताउँदै अनशन तोडेका थिए ।
प्रतिक्रिया 4