+

तपाईंमा ‘सेक्सलेस म्यारिज’को समस्या हुन सक्छ

२०७५ माघ  १९ गते १५:०६ २०७५ माघ १९ गते १५:०६
तपाईंमा ‘सेक्सलेस म्यारिज’को समस्या हुन सक्छ

करुणा दिदी, म एउटा अनौठो वैवााहिक सम्बन्धमा छु । विवाह भएको १० वर्ष भइसक्यो । तर, आजसम्म पनि हामी एउटा कोठामा बस्ने असल साथीजस्तो मात्रै छांै । विवाह भएको पहिलो वर्ष लगभग १५ पटकजस्तो मात्रै हामीवीचमा यौन सम्बन्ध भयो । त्यसपछि मेरो श्रीमानमा यौनईच्छा नभएको महसुस गर्न थालंे । मैले सोध्दा पनि उहाँले यो कुरा स्वीकार गर्नुभयो । त्यसयता वर्षमा एक वा दुईपटक यौनसम्बन्ध हुन्थ्यो । आजभोलि त त्यो सम्बन्ध पनि अन्त्य भएको छ ।

हाम्रो मागी विवाह भएको हो । विवाह गर्दा उहाँ २८ वर्षको हुनुहुन्थ्यो र म २६ की थिएँ । यस विषयमा म निकै चिन्तामा थिएँ  र छु  पनि । तर, उहाँले यसलाई गम्भीर रुपले लिनु हुन्न । उहाँलाई कोठामा चाही मसँगै  सत्नुपर्छ । उहाँ सुत्ने ओछ्यानमा सुतिनँ भने छटपटि हुन्छ भनेर सँगै सुत्न आग्रह गर्नुहुन्छ ।

यो कुराबाट आजित भएका बेला म कहिलेकाहीँ रीसले छोडपत्र गराैं भन्छु । तर, समाज, माईती र उहाँकै मायाका कारणले फेरि रोकिन्छु । रीसको सुरमा कहिलेकाही जथाभावी पनि भन्छु । अब यसको उपाय के होला ? हामीवीच कुनै यौन सम्बन्ध भएन भने यस सम्बन्धलाई अगाडि बढाउन उचित हुन्छ होला ? उहाँको यौनईच्छा बढाउन के गर्नुपर्ला ?

नेपालमा कमै सुन्नमा आउने यस्ता घटनाबाट तपाईं गुजि्ररहनुभएको छ । ढिलो भए पनि यौन मनोविश्लेषकको सहयोग लिने उपाय अबलम्बन गरेको देख्दा मलाई निकै खुसी लागेको छ । यसका लागि सर्वप्रथम तपाईंलाई धन्यवाद दिन चाहन्छु ।

‘सेक्सलेस म्यारिज’को समस्या हुन सक्छ

अँग्रेजीमा एउटा भनाइ छ वैवाहिक जीवनमा यौन सम्बन्ध नहुनुमा कतिपय अवस्थामा एकअर्का वीचमा हुने सञ्चारको स्तरले पनि  फरक पार्छ । चिकित्साको भाषामा कुनै पनि दम्पत्तीको एक वर्षमा १० पटक वा सो भन्दा कम यौन सम्बन्ध छ भने त्यसलाई सेक्सलेस म्यारिज भनिन्छ ।

धेरैजसो व्यक्तिहरुले महिलाहरुमा भन्दा पुरुषहरुमा यौनईच्छा बढी हुन्छ भन्ने धारणा राख्दछन् । तर, महिलामा पनि यौन चाहना हुनु स्वाभाविकै हो । हालै यससम्बन्धी अमेरिकामा गरिएको अनुसन्धानका अनुसार सातजना जोडीमा एक जोडी ‘सेक्सलेस म्यारिज’बाट गुज्रिरहेका छन् ।

करुणा कुँवर

सामाजिक भनाइका अनुसार प्रायः महिलाले यौन सम्बन्धलाई टाढा बनाउने गर्छन् । तर, वास्तवमा पुरुषहरु पनि यौन ईच्छा नराख्ने पनि हुन सक्छन् ।

तपाईको यो समस्याको स्रोत धेरै हुन सक्छ । तपाईको प्रश्न सुन्दा तपाईको श्रीमान अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ । दोस्रो, तपाई र तपाईको श्रीमानको वीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ ।

सामाजिक कुराहरुलाई लिएर हरेक दिन गुनासो गर्नै र अरुको श्रीमानसँग आफ्नो श्रीमानमा नभएका कुराहरुसँग दांज्ने गर्दा पनि एकअर्का प्रति सम्मान गर्ने बानी र स्वाभावमा समस्या थपिन थाल्छ र समस्या भएको हुनुपर्छ । एकअर्का प्रतिको आकर्षणमा समस्या पर्न थालेको हुन सक्छ । परस्त्रीगमन पनि हुन सक्छ । अथवा भनौं, मानसिक तनावका धेरै स्रोतहरु हुन सक्छन् । तिनीहरुलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ ।

हाम्रो समाजमा धेरै मानिसहरु विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिने गर्छन र तत्काल विवाह गरिहाल्छन् । एकअर्कालाई राम्ररी बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरु पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् । तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ ।

तपाईको श्रीमानमा यौन निश्क्रियता सम्बन्धी कुनै समस्या भएको पनि हुन सक्छ । यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

तपाईमा यौन चाहना हुनु अस्वाभाविक चाहिँ होइन । खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नु भन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो ।

तपाईहरुले एकअर्कालाई दोष लगाउने गर्दा विभिन्न समस्याको सिर्जना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । आफ्नो पार्टनर जसको यौन ईच्छा कम छ, उसलाई दबाव दिनु भन्दा एकअर्काप्रतिको बुझाईलाई बढावा दिन आवश्यक हुन्छ । दुईजनावीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना संचार गर्नुपर्ने हुन्छ ।

त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, रमाइलो गर्ने, यौनअंगहरुलाई उत्तेजित मूडमा सुम्सुम्याउने, गुणस्तरीय लुबि्रकेन्टसको प्रयोग गर्ने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरु गर्नुहोस् ।

श्रीमानलाई आफ्नो शरीर र उसको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्नुु पनि राम्रो उपाय हुन सक्छ ।

तर, दम्पती जसको जीवनमा सेक्स नै छैन, उनीहरु श्रीमान वा श्रीमतीका रुपमा किन एकअर्कासँग लामो समय बसिरहेका छन् भन्ने विषयमा पनि धेरै अनुसन्धान भएका छन् । हुनसक्छ, सामाजिक वा पारिवारिक दवाब वा भनौं दम्पत्तीवीचको निर्भरताले पनि छोड्न नसक्ने अवस्था हुन सक्छ ।

त्यसैले अहिले नै तपाईहरुवीचको सम्बन्धलाई टुंग्याउनु भन्दा उहाँले तपाईप्रति कस्तो अपेक्षा राख्नुभएको छ, त्यसलाई पत्ता लगाउनुहोस् । पत्ता लगाउन उहाँले दैनिक तपाईलाई लक्षित गरेर अभिव्यक्त गर्ने कुरा के हो याद राख्नुहोस् र त्यस्ता अभिव्यक्तिलाई सुल्झाउन एकअर्कासँग सम्वाद गर्नुहोस् । दुवैले विषेशज्ञसँग सल्लाह लिनु पनि उचित होला ।

लेखक
करुणा कुँवर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?