Comments Add Comment

बहुविवाह मुद्धामा फरार अभियुक्त २२ वर्षपछि पक्राउ

२० माघ, वीरगञ्ज ।  बहुविवाह मुद्धामा दोषी ठहर भइ फरार भएका एक  अभियुक्त २२ वर्षपछि फक्राउ परेका छन् । प्रहरीले जितपुर सिमरा उपमहनगरपालिका-३ बस्ने ५२ वर्षीय  तुलसीप्रसाद तिमल्सेनालाई पक्राउ गरेको हो ।

२०५२ चैत १९ गते बारा जिल्ला अदालत कलैयाको फैसला आदेशले तुलसीविरुद्ध बहुविवाह मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ कैद फैसला गरेको थियो । त्यसबेलादेखि नै फरार उनलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

तुलसीलाई माघ १९ गते बारा जिल्ला अदालतमा प्रस्तुत गरिएको र अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि वीरगञ्ज कारागारम पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment