+
+
Shares

सप्तरंग अन्तरगत ५ प्रदेशमा यस्तो देखियो माहौल

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २६ गते १०:१७

‘सिएमसी सप्तरंग’ अन्तरगत देशका बिभिन्न ठाउँमा कार्यक्रम भइरहेको छ ।  ग्रिष्मा ब्रोडकाष्टिकको आयोजनामा सातै प्रदेशममा हुन लागेको यो अन्तरगत प्रदेश १ दमक, प्रदेश २ जनकपुर, प्रदेश ३ नारायणघाट, प्रदेश ५ बुटवल र प्रदेश ६  को सुर्खेतमा कार्यक्रम सम्पन्न भएको छ ।

‘सप्तरंग’मा सहभागी हुनका लागि गायकहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दिप क्षेत्री, मोडल अन्जली अधिकारी र खेलाडी दिपक बिष्ट मोफसलमा छन् ।

मुलुक प्रादेशिक संरचनामा गइसकेको छ । सातै प्रदेशलाई भूगोलले मात्र होइन, कला-संस्कृतिले पनि विविधता दिलाएको छ । हरेक प्रदेशको आफ्नै धुन छ । हरेक प्रदेशको आफ्नै लय छ । यही विविधतालाई समेट्दै एक जोडदार कार्यक्रमको प्रारुप तयार गरेको हो ।  हरेक प्रदेश अन्तर्गत भइरहेको कार्यक्रमका मूख्य नेतृत्व पनि फरक-फरक सात कलाकारले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?