Comments Add Comment

घाम ताप्दा ब्लड क्यान्सरबाट उन्मुक्ति-शोध

भिटामिन डिको कमीले ब्लड क्यान्सरको जोखिम बढ्दो

क्यान्सर, जसले विश्व समुदायलाई थर्कमान बनाएको छ । जब क्यान्सरले गाँज्छ, हामी ठान्छौं जीवन बर्वाद भयो । समाप्त भयो । किनभने यो रोगको सामुन्ने मेडिकल साइन्स पनि कमजोर सावित हुँदै आएको छ । क्यान्सर जब अन्तिम चरणमा पुग्छ, संसारमा उपलब्ध उपचार विधी पनि अपर्याप्त हुनपुग्छ ।

त्यसैले त हाम्रो समाजमा भन्ने गरिन्छ, ‘क्यान्सर जस्तो रोग त सत्रुलाई पनि नलागोस् ।’

हुन त हरेक रोग शरीरका लागि उत्तिकै जोखिमपूर्ण हुन्छ । उत्तिकै पीडादायी हुनेगर्छ । तर, तुलनात्मक रुपमा क्यान्सरले बढी हामीलाई भयभित बनाएको छ । यसको पछाडि क्यान्सरले दिने दुःख मात्र होइन, उपचारमा लग्ने खर्च र जटिलता पनि हो । क्यान्सर यस्तो रोग हो, जो सुरुवाती चरणमा थाहा भयो भने उपचार संभव हुन्छ । खर्च कम लाग्छ ।

तर, क्यान्सरले आफ्नो शरीरलाई गाँजिसकेको कुरा हामी त्यतीबेला मात्र थाहा पाउँछौं, जतिबेला यो अन्तिम चरणमा पुगिसकेको हुन्छ । यो अवस्थामा उपचार जटिल मात्र होइन, असंभव पनि हुनसक्छ । त्यसैले क्यान्सर हाम्रो लागि एक भयानक रोग हो ।

क्यान्सरको कुरा गर्दा अहिले ब्लड क्यान्सर पनि निकै भयावह रुपमा देखिएको छ । खासगरी अहिलेका बालबालिकाहरु यसको चपेटामा परिरहेका छन् । ब्लड क्यान्सर किन लाग्छ ? यसमा अनेक कारण हुनसक्छ । त्यसमध्ये पनि घामको सम्पर्कबाट विमुख हुँदा यसको जोखिम बढ्ने देखिन्छ ।

अहिले हामी घाम ताप्न छाडेका छौं । मध्यन्हको चर्को घाम क्यान्सरको कारण बन्ने भय छ । अर्कोतिर विहान र साँझको घाम ताप्ने फुर्सद वा अनुकुलता छैन ।

घाम ताप्नु भनेको केवल शरीरलाई न्यानो बनाउनु मात्र होइन । घामले जब हामी शरीरलाई न्यानो बनाउँछौं, त्यसबाट अनमोल स्वास्थ्य लाभ पनि मिल्छ । तनाव, अनिन्द्रा जस्ता समस्याका साथै यदि ब्लड क्यान्सरबाट बच्ने हो भने घामको न्यानो तपाईंको शरीरका लागि अनिवार्य छ ।

हालै भएको एक शोधमा देखिएको छ कि, भिटामिन डि पर्याप्तताले हामीलाई ब्लड क्यान्सरबाट बचाउँछ । भिटामिन डिको सर्वोत्तम स्रोत भनेको सूर्यको प्रकाश नै हो ।

हालै ब्लड क्यान्सर अर्थात ल्यूकेमियासँग जोडिएको आँकडालाई लिएर गरिएको शोधबाट यो तथ्य बाहिर आएको हो । वैज्ञानिकले ब्लड क्यान्सर सम्बन्धीको यो शोध विश्वका एक सय ३२ मुलुकको आंकडाको आधारमा गरेको हो ।

यो शोधमा त्यही देशलाई सामेल गरिएको थियो, जहाँ सूर्यको प्रकाश या त पर्याप्त मात्रामा हुन्थ्यो । या त अपर्याप्त मात्रामा हुन्थ्यो । शोधबाट के थाहा भयो भने जहाँ सूर्यको प्रकाश पर्याप्त मात्रामा मिल्छ, त्यहाँका मानिसलाई भिटामिन डिको कमी हुँदैनथ्यो । साथै ब्लड क्यान्सरको आँकडामा पनि त्यहाँ कमी देखिएको थियो ।

त्यसैगरी जुन देशमा सूर्यको प्रकाश सही मात्रामा प्राप्त हुँदैन थियो, त्यहाँका मानिसमा भिटामिन डिको कमी पाइयो । साथै ति मुलुकमा ब्लड क्यान्सरको आंकडा पनि अपेक्षाकृत बढी थियो । यही निचोडको आधारमा के भन्न सकिन्छ भने, भिटामिन डिको कमीले ब्लड क्यान्सरको खतरा बढाएको छ । अतः भिटामिन डिको स्रोत घाम हो । यसबाट के बुझिन्छ भने, ब्लड क्यान्सर हुनुमा घामको किरणको सम्पर्कमा नआउनु पनि हो ।

यो शोधको आधारमा क्यालिफोर्निया युनिभर्सिटीका सहायक प्राध्यापक सेडि्रक गारल्यान्ड भन्छन्, ‘ब्लड क्यान्सर अर्थात ल्यूकेमियामा लगातार भएको बढोत्तरीको एक प्रमूख कारण भिटामिन डिको कमी नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment