Comments Add Comment

एनआरएन युएईको आयोजनामा शुक्रबार दुवईमा रक्तदान हुँदै 

युएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ ।

लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए । रक्तदान सोही अस्पताल परिसरमा हुनेछ ।

कर्मभूमिको देशमा कुनै तवरले सामाजिक कार्य गर्ने हेतुले उक्त कार्यक्रम राखिएको क्षेत्रीले बताए । उनले भने, ‘यहाँ विभिन्न कारणले हुने दुर्घट्नामा रगत आवश्यक पर्छ । हाम्रो थोरै सहयोगले अरु कसैले नयाँ जिवन पाउछ भने हामीले किन सहयोग नगर्ने ? त्यसकारण एनआरएनले विगतमा जस्तै यसपटक पनि रक्तदान कार्यक्रम आयोजना गरेको हो।’

अस्पताल प्रशासनसँगको व्यवस्थापनमा बिहान ८ बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागी हुन एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले युएईमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

एनआरएन यूएईले पुष र माघ महिनालाई स्वास्थ्य सचेतना अभियानका रुपमा घोषणा गरेको थियो। सोही अनुसार  आगामी शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यसअघि अघिल्लो महिना अबुधाबीमा स्वास्थ्य शिविरको आयोजना  गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment