Comments Add Comment

फोरजी अघि बढाउँदा राति फोन गरेर तर्साइयो : सञ्चारमन्त्री

२२ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न खोज्दा अनेक दबाव र उल्झन झेल्नु परेका बताएका छन् ।

टेलिकमको फोरजी परियोजना रोक्न अनेक प्रपञ्च गरिएको उनको भनाइ छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वाषिर्कोत्सव समारोहमा सञ्चारमन्त्री बास्कोटाले टेलिकमलाई जोगाउने हो भने यसलाई सुदृढ गर्न व्यवधान सिर्जना गर्न नहुने बताए ।

‘पटक-पटक तर्साएको छ, हल्लाएको छ, कि यो संस्थाको आवश्यकता छैन भनिदिनुपर्यो, छ देशको सम्पत्ति हो भने रक्षा गर्नुपर्यो, सुदृढ गर्नुपर्यो, बलियो बनाउनुपर्यो, यहाँ के को लेनादेनाको कुरा छ,’ उनले भने ।

फोरजी परियोजना अघि बढाउन खोज्दा राति-राति फोन गरेर तर्साइएको बताए । तर, कसले के भनेर तर्सा भन्ने उनले खुलाएनन् ।

टेलिकमलाई डुबाएर कसैको निजी हितमा सम्झौता नगर्ने उनले बताए । ‘यो संस्थाको हितको लडाईंमा म कोहीसँग पनि घुँडा टेक्दिन, मैले यही कसम खाएको छु’, बासकोटाले भने ।

छानबिनका नाममा अख्तियार दुरुपयोग अनुसन्धानले एक वर्ष झुलाएको भन्दै उनले पछिल्लो समय विभिन्न संसदीय समितिले समेत अनावश्यक रोकतोक गर्न खोजेको बताए ।

‘दुनियाँलाई थाहा छ, एउटा फोरजी परियोजना अल्झेको वर्षदिन भयो, पाना पल्टाई-पल्टाई अख्तियारले छानबिन गरिहाल्यो, एउटै विषयमा अनेक समितिले बोलाएको छ’, उनले भने ।

निजी क्षेत्रका कम्पनीले द्रुतगतिमा फोरजी विस्तार गरिसक्दा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले उस्तै गतिमा काम गर्न नपाएको उनको दाबी छ ।

फोरजी विस्तार परियोजनामा अनियमितता भएको भए दोषी जेल जाने उनले बताए । टेलिकमकै कर्मचारीले फोरजी परियोजना अघि बढ्न नदिन चलखेल गरेको मन्त्री बास्कोटाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment