Comments Add Comment

‘जानी नजानी’को गीतको कभर भिडियो बनाउनुहोस्, टीभी जित्नुहोस्

चलचित्र ‘जानी नजानी’मा समावेश ‘एउटीलाई मुटुमा घर’ बोलको गीतले राम्रै चर्चा पाइरहेको छ । अब, यो गीतको कभर भिडियो घोषणा समेत गरिएको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर छ । गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोमा डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।

यो गीतको कभर भिडियो कम्तीमा एक मिनेटको हु्नु पर्नेछ । त्यो भन्दा माथि र मिनेटसम्मको भिडियो बनाउन सकिने निर्मात्री रोशनी केसीले जानकारी दिइन् । ‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टीभी, दोश्रो हुनेले रोवाकै फाईभ पोइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ फागूण २० गतेसम्म भिडियो बनाएर पठाइसक्नुपर्ने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्णभक्त महर्जन , रोशनी केसी लगायतको अभिनय छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्रमा बसन्त अधिकारीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment