+
+

१० तस्वीरमा काठमाडौंको झरी

विकास श्रेष्ठ/चन्द्र आले विकास श्रेष्ठ/चन्द्र आले
२०७५ माघ २४ गते १७:२५

२४ माघ, काठमाडौं । बिहीबार विहानदेखि परेको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ ।  झरीका कारण काठमाडौंमा चिसो बढेको छ ।

उपत्यकासहित देशका पश्चिम भेगमा बिहीबार विहानदेखि वर्षा भइरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाकाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । दुई पांग्रे सवारी साधन चढ्ने र पैदलयात्रीहरु झरीका कारण बढी प्रभावित बनेका छन् ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा मौसमपूर्वानुमान महाशाखाले औंल्याएको छ । त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविद मञ्जु बासीले भनिन्, ‘हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुन्छ, त्यसैले केही दिन नगएकै राम्रो ।’

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ । काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘पश्चिम भागमा शुक्रबारसम्म पानी पर्ने र रोकिने क्रम चले पनि काठमाडौंसहित पूर्वी भेगमा शनिबारसम्म नै यसको असरले वर्षा भइरहने छ’, मौसमविद् पौडेलले भने ।

सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?