Comments Add Comment

नेपाल-जापान डाइलग सिरिजको तेश्रो श्रृंखला

टोक्यो । जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल-जापान डाइलग सिरिजको तेश्रो श्रृंखला फेब्रुअरी ३ तारिक आइतबारको दिन टोक्योको इचिगाया स्थित जाइका अन्तरास्ट्रिय सभा हलमा सम्पन्न भएको छ।

मूलतः जापानको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरु बीच भएको यश अन्तरक्रिया कार्यक्रममा नेपालको स्वास्थ्य सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल गरिएको थियो।

दुई सत्रमा बिभाजन गरिएको यस कार्यक्रमका सहजकर्ता डा. प्रकाश शाक्यले जापानमा विश्वकै उत्कृस्ट प्रबिधि र बिकाश भएकोले जापानको स्वास्थ क्षेत्रबाट धेरै कुराहरु सिक्न सकिने बताए । पहिलो सत्रमा युनिभर्सिटी अफ टोक्यो हेल्थ साइन्सका अध्यक्ष प्रा.डा.यासुओ साकुमाले नेपाल सरकारले क्लिनिकल क्षेत्रमा चिकित्सक साथै हेल्थ अनुसन्धानकर्ता र बेसिक मेडिसिनका बिज्ञहरु पनि उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

त्यस्तै, चिकित्सा शास्त्रको अध्यापन अंग्रेजी भाषामा भन्दा पनि आफ्नै देशको मात्री भाषामा गराउदा चिकित्सक र बिरामी बीचको दुरी कम हुने बताए। आफ्नै ल्याबबाट २ जना नेपालीले पिएचडि गरिसकेको स्मरण गराउदै भबिस्यमा अरु पनि इच्छुक नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्न आफु तत्पर रहेको बताए ।

दोश्रो बक्ताका रुपमा मेडिकल डाटा कार्ड कम्पनीका चिफ अपरेटिंग अफिसर यासुयुकी सुजुकीले आफ्नो मेडिकल रेकर्डहरुलाइ डिजिटलमा राख्नुपर्ने बताए।

त्यसो गरिँदा प्राकृतिक प्रकोपको बेला पनि आफ्नो रेकर्डहरु नस्ट नहुने र येस्ता डाटाहरु आफुलाई चाहिएको बेला तुरुन्तै आफ्नै मोबाईल फोनबाट तुरुन्तै हेर्न सकिने बताए।

तेश्रो बक्ताका रुपमा इताबाशी मेडिकल असोसिएसन हस्पिटलका निर्देशक प्रा.डा.हिरोयुकी इजुमीले जापानमा  स्वास्थ्य बिमा प्रणालीको सुरुवाति र यस्को महत्वको बारेमा दर्शाए।

बिरामीहरुमा स्वास्थ्य बिमा हुदा उनीहरुले हस्पिटलमा लाग्ने खर्चको बारेमा खासै चिन्ता लिन नपर्ने भएकोले त्यस्तो देशहरुमा स्वास्थ्य प्रणालीनै समग्रमा राम्रो हुने बताए।

जापानमा प्रत्येक व्यक्तिले आफ्नो तलबको लगभग १० प्रतिशत स्वास्थ्य बिमाको लागि अनिबार्य रुपमा तिर्नपर्ने र सरकारले पनि आफ्नो बजेटको १० प्रतिशत जति स्वास्थ्य बिमामा खर्च गर्ने बताए ।

दोश्रो सत्रका पहिलो बक्ताका रुपमा टोक्यो युनिभर्सिटीका उप प्राध्यापक डा. लुशुन चालिसेले नेपाल र जापान मेडिकल प्रणालीको फरक साथै जापानबाट सिक्न सकिने पक्षहरु औल्याए।

जापानमा रेफेर्रल प्रणाली प्रचलित रहेको बताउदै जेनेरल फिजिसियनले तुरुन्तै बिशेषज्ञ चिकित्सककोमा पठाउने गरिने बताए ।

नेपालमा क्लिनिकल साथै रिसर्चको पनि चिकित्सकहरुलाई ज्ञान दिईनु पर्ने बताउनु भएको थियो। दोश्रो सत्रका दोश्रो बक्ताका रुपमा सुइता तोकुसुकाइ हस्पिटल ब्रेस्ट क्यान्सर विभागका निर्देशक डा.यासुहिसा फुजिमोतोले आफुले स्तन क्यान्सरको बिरामीको लागि नेपालमा प्रथम पटक पींक रिबन अभियान सुरु गरेको बताउँदै नेपालमा स्तन क्यान्सर सम्बन्धि चेतनाको आबस्यक भएको बताए ।

म्यामोग्रफी नेपालमा महँगो हुने बताउदै अल्ट्रासाउन्ड् प्रबिधि कम खर्चिलो हुनाको साथै म्यामोग्रफी भन्दा पनि अझै प्रभावकारी रहेको बताउनु भएको थियो। गत वर्ष बिस्व प्रसिद्ध जर्नल लान्चेतमा प्रकाशित भएको एउटा लेख अनुसार जापानमा गरिएको एउटा अनुसन्धानमा धेरै बिरामी हरुमा म्यामोग्रफीले ब्रेस्ट क्यान्सर पत्ता लगाउन नसकेको स्मरण गराए।

दोश्रो सत्रका तेश्रो बक्ताका रुपमा टि-आइसीयु कम्पनीका अध्यक्ष डा. तोमोयुकी नाकानिशीले आफ्नो कम्पनीले बंगलादेशमा टेली मेडिसिन क्षेत्रमा सहयोग गरिरहेको बताउँदै नेपालमा पनि आफ्नो सेवा बिस्तार गर्न इच्छुक भएको बताए।

दोश्रो सत्रका अन्तिम बक्ताका रुपमा एकारिया कम्पनीका अध्यक्ष रुइची ओनोसेले आफ्नो कम्पनीले पिसाबबाट क्यान्सर पत्ता लगाउने प्रबिधि बिकाश गरेकोले यो प्रबिधि नेपालमा पनि धेरै महत्वपूर्ण हुने बताए।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपालमा अहिले स्थायी सरकार रहेको र यो सरकारको एउटा मुख्य उदेश्य शिप, ज्ञान र लगानी भित्र्याउनु रहेकोले सबै बिज्ञ र बक्ताहरुलाई आफ्नो शिप, ज्ञान र लगानी भित्र्याउन प्रोत्साहन गरे ।

साथै सबै बक्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै राजदुतावासको तर्फबाट बिज्ञहरुबाट प्राप्त सुझाबहरुलाई सम्बन्धित निकायमा पुर्याउन पहल गर्ने बताए ।

क्योउदाइ रेमिटान्स्( अाइएमइ) को प्रायोजन रहेको  कार्यक्रममा करिब ७० जना जापानी र नेपालीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment