Comments Add Comment

वीरगञ्ज-कलैया सडक हिलाम्य, आवत जावतमा सास्ती

२७ माघ, वीरगञ्ज । वीरगञ्ज-कलैया सडकखण्ड हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा कठिनाई भएको छ । सडक निर्माणका लागि माटो पुरिएकाले पानी परेलगत्तै सडक हिलो भएकाले पैदलयात्री र गाडी चालकललाई आवत-जावतमा समस्या भएको हो ।

हुलाकी सडक अन्तर्गत पर्ने उक्त सडकखण्ड निर्माणको चरणमा छ । त्यसैले घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने गरेको छ ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण सडकको यस्तो दुर्दशा भएको स्थानीय लुकेश सिंहले आरोप लगाए । ‘ठेकेदारले एकातर्फको बाटो निर्माण गर्दै जानुको साटो चारैतिर माटो मात्रै हालेर छोडेको छ । पानी पर्नेवित्तिकै हिलो हुनु स्वाभाविक हो,’ उनले भने, ‘साइकल, मोटरसाइकल, एम्बुलेन्सहरु, सार्वजनिक सवारी साधन हिलोमा फसेर सडकमै अलपत्र परेका छन् । यात्रुहरु सास्ती खेप्न बाध्य छन् ।’

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले नागरिकले पाएको सास्तीको समाधानका लागि निर्देशन दिइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment