Comments Add Comment

‘रुमालै छ चिनो’को ‘आमा नबस्नु पर्खेर’ गीत रिलिज

चलचित्र ‘रुमालै छ चिनो’को ‘आमा नबस्नु पर्खेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकशैलीको यो गीतमा नायक सुशान्त कार्कीलाई देखाइएको छ । उनको साथमा नायिका संचिता लुइटेल, किशोर खतिवडा लगायतका कलाकारलाई पनि देखाइएको छ । युद्धमा सहभागी भएको एक सिपाहीले घरपरिवारलाई संझिदाको पीडा यो गीतमा देखाउन खोजिएको छ ।

गीतमा विरही कार्कीको स्वर छ । नेपाली लाउरेहरुको कथालाई यो चलचित्रले देखाउन खोजेको छ । नायक सुशान्त कार्कीले इन्डियन लाउरेको भूमिका निर्वाहा गरेको यो चलचित्रमा अप्सना थापालाई नायिकाको रुपमा देख्न सकिन्छ ।

चलचित्रमा रेशम थापाको कथावस्तु रहेको चलचित्रमा चन्द्र बहादुर खड्का, दीपक ढकाल र राम पाण्डेले संयुक्त लगानी रहेको छ । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको चलचित्र फागूण १० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment