Comments Add Comment

डबिङ सकेपछि राजारामले ‘क्याप्टेन’को पारिश्रमिक पाए

कलाकार राजाराम पौडेलले चलचित्र ‘क्याप्टेन’को पारिश्रमिक नपाएको भन्दै मिडियामा धेरै पटक बोलेका थिए । चलचित्रको पारिश्रमिक नपाए आफूले चलचित्रको डबिङ समेत नगर्ने बताएका थिए । तर, चलचित्रको डबिङ सकेपछि राजारामले पारिश्रमिक वुझेका छन् ।

राजारामले चार दिन अगाडि निर्माण युनिटसँग पारिश्रमिक लिएको अनलाइनखबरसँग बताए । उनले भने–‘मैले पारिश्रमिक लिइसकेँ । चलचित्रको डबिङ पनि गरिसकेको छु ।’ आपसी असमझदारीका कारण पारिश्रमिकमा लफडा भएको र अहिले त्यो मिलिसकेको समेत राजारामले बताए ।

राजारामले चलचित्रका निर्माता भुवन केसीकै हातबाट पारिश्रमिक बुझेका हुन् । ‘मलाई भुवन केसीले नै दिनुभयो’, राजारामले भने, ‘ उहाँ र मेरो सम्बन्ध व्यक्तिगत रुपमा कहिले पनि नराम्रो थिएन ।’ कुनै पनि कलाकारले आफ्नो सम्पूर्ण काम सकिएपछि मात्र चलचित्रको पूर्ण पारिश्रमिक पाउने गर्छन् । राजारामले पनि डबिङ सकिएपछि पारिश्रमिक वुझेका हुन् ।

निर्माता केसीले भने–‘हामीले आफ्नो काम सकेका कुनै पनि कलाकारको पारिश्रमिक रोक्दैनौ । अझ, म कलाकार नै भएकाले पनि कलाकार र प्राविधिकको पारिश्रमिक कहिले पनि रोक्ने काम गर्दिनँ । राजारामजीले पनि डबिङ सकेपछि आफ्नो पुरा पारिश्रमिक पाउनु भएको हो ।’

निर्माता केसीले आफू राजारामसँग अन्य चलचित्रमा पनि काम गर्न सधै इच्छुक भएको बताउ । फागुन १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नायक अनमोल केसी, नायिकाद्धय उपसना सिंह ठकुरी र प्रियंका एमभीको साथमा कलाकारहरु सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, लगायतको मुख्य भूमिका छ । यो चलचित्रको एक गीतमा भुवन केसी र निरुता सिंहलाई पनि देख्न सकिन्छ । एक फुटबल खेलाडीको कथामा निर्माण भएको यस चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको एक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment