Comments Add Comment

आकाश र स्वस्तिमाको ‘तिमी नै मेरो सास’

गायक शिव परियारको आवाजमा ‘तिमी नै मेरो सास हौ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसलाई लक्षित गरेर प्रेमको कथा भन्ने यो गीत सार्वजनिक गरिएको हो । आशिष अविरलको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । यही जोडीले अभिनय गरेको ‘आशुको अर्थ’ बोलको गीतले युटुबमा १ करोड बढी भ्यूज पाइसकेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment