Comments Add Comment

विपिनकी ‘परी’ श्रृष्टी

चलचित्र ‘परी’ निर्माणको घोषणा भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रको पत्रकार सम्मेलनमा कथावस्तुको बारेमा भने कुनै पनि जानकारी गराइएको थिएन । यसको निर्माणपक्षले मिडियालाई चलचित्रको कथावस्तु केही समय पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिने बताएको छ ।

चलचित्र ‘परी’ले दक्षिण एसियामा व्याप्त घटनाको कथालाई उठान गर्ने बताइएको छ । यो चलचित्रको निर्देशन निशान काश्यप घिमिरेले गर्दैछन् । निशान म्यूजिक भिडियो सम्पादन र निर्देशनमा सफल भैसकेका व्यक्ति हुन् । उनले पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका हुन् ।

यो चलचित्रको छायांकन आउँदो बर्षको बैशाखमा सुरु हुनेछ । तर, चलचित्रको लागि धेरै नै तयारी गर्नुपर्ने र कलाकारको वर्कशप पनि हुने भएकाले घोषणा केही समय अगाडि नै गरिएको निशानले बताए । चलचित्रको छायांकन नेपाल र भारतको राजस्थानमा हुने बताइएको छ ।

यो चलचित्रको शिर्ष भूमिकामा मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ । श्रृष्टीले निशानले नै निर्देशन गर्दै आएका म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । श्रृष्टीको साथमा चलचित्रमा नायक विपिन कार्कीको मुख्य भूमिका रहनेछ ।
यो चलचित्रलाई रुपेशमान अमात्यले निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment