+
+
Shares

भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको छ : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २८ गते १९:११

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको बताएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने समेत सुनिन थालेको छ, यो चिन्ताको विषय हो ।’

राष्ट्रपति भण्डारीले भ्रष्टाचारलाई विषबृक्षको संज्ञा दिएकी छन् । ‘विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत् र तहसनहस बनाउँदै जान्छ , ‘ उनले भनिन् ।

भ्रष्टाचारले सम्बन्धित व्यक्तिलाई मात्रै नभइ उसको परिवारलाई समेत नकरात्मक असर पार्ने उनको भनाइ छ । देशको भविष्यलाई समेत ध्यान दिदै भ्रष्टाचारलाई छिटोभन्दा छिटो निर्मूल पार्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

यो पनि पढ्नुस्– अब भ्रष्टाचार लुकाउन सम्भव छैन : प्रधानमन्त्री

भ्रष्टाचारमाथि अनुसन्धान र तहकिकात गर्ने जिम्मेवारी अख्तियारको भए पनि विधिको शासन कायम गर्न सबैको भूमिका आवश्यक रहेको राष्ट्रपति भण्डारीको भना छ।

सार्वजनिक पदाधिकारी र कर्मचारीहरुले निष्ठा र कर्तव्यपरायणकासाथ काम गरेमा मात्रै सुशासन र समृद्धि हासिल हुन सक्ने उनले बताइन् ।

भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएकाहरुबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीपूर्ण विषय रहेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?