Comments Add Comment

इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी २० अर्ब, करोडभन्दा थोरै निक्षेप लिन नपाउने

२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सञ्चालन अनुमति दिएसँगै यसका लागि नयाँ निर्देशनसमेत जारी गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सोमबारमात्रै राष्ट्र बैंकले सञ्चालन गर्नका लागि इजाजत दिएको थियो ।

आज सोमबारमात्रै इजाजत पाएको इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी यस अघि भनिएझै २० अर्ब रुपैयाँ नै निर्देशनमा उल्लेख गरिएको छ । तर निक्षेप संकलनमा भने यो बैंकलाई कडाई गरिएको । यस बैंकले १ करोड रुपैयाँ माथि मात्र निक्षेप उठाउन पाउने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ ।

राष्ट्र न्युनतम पुँजी कोष ११ प्रतिशत कायम गर्न भनेको छ भने पुँजी कोष कायम नगरेमा कारबाही गरिने व्यहोरा समेत निर्देशमा उल्लेख छ । मुद्दती खाताको धितोमा त्यस्ता संस्थाहरुलाई ऋण दिने सुविधा भने नेपाल राष्ट्र बैंकले यस्तो बैंकहरुलाई खुल्ला गरिदिएको छ ।

पूर्वाधार विकास बैंकहरुले निक्षेप र कर्जाको व्याजदर आफैं तोक्न पाउने भएका छन् । तर अन्य बैंकहरुले जस्तै यो बैंकले पनि सीसीडी अनुपात र स्प्रेडदर भने कायम गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले सोमबार बैंकका अधिकारीहरुलाई कारोबार सञ्चालन गर्ने इजाजत प्राप्त हस्तान्तरण गरेका थिए ।

यो बैंक पुँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र वाहृयस्रोत जुटाउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment