Comments Add Comment

त्यो शहरको कथा, जसले आधुनिक चिकित्सा विज्ञानको जग बसाल्यो

चिकित्सा विज्ञानको उदगम थलो कहाँ हो ? कसरी मानव समाजले चिकित्सा विज्ञानको रचना गर्‍यो ? शल्यक्रिय विधी कसरी सुरुवात भयो ?

आज हामी उपचारको खोजीमा छौं । औषधीको खोजीमा छौं । स्वास्थ्य परीक्षणको खोजीमा छौं । यी सबैका समाधान आज चिकित्सा विज्ञानसँग छ । चाहे कुनै रोगको उपचार होस् वा शल्यक्रिया, कुनै रोगको पहिचान होस् वा परीक्षण । यसका लागि चिकित्सा विज्ञान एक वरदान सावित भएको छ । अतः चिकित्सा विज्ञानको सुरुवात कसरी भयो ? कथा घत लाग्दो छ ।

यावत् विषयमा बीबीसी हिन्दी अनलाइनले एउटा आलेख प्रकाशित गरेको छ । त्यसैको भावनुवाद यहाँ पेश गरिएको छ ।

चिकित्सा विज्ञानको उदगम

दोश्रो शताब्दीदेखि मध्य युगसम्म मानिसहरु सोच्थे, ‘मानिस र बाँदरको शरीरले एकै किसिमले काम गर्छ ।’ यो सिद्धान्तको प्रत्युत्पादन दोश्रो शताब्दीको यूनानी हकिम क्याडियस गैलेनस (गैलेन) थिए ।

आफ्नो कार्यकालमा गैलेनलाई पश्चिमी जगतकै ठूलो डाक्टर भनिन्थ्यो । तर धार्मिक कानुनी तथा सांस्कृतिक मान्यताका कारण उनले मानव शरीरको कहिल्यै शल्यक्रिया गरेनन् । बरु बाँदरको शरीरको शल्यक्रिया गरेर करिब १४ सय वर्षसम्म मेडिकल साइन्सलाई दिशानिर्देश गरे ।

तर चिकित्सा विज्ञानको दुनियामा अचानक क्रान्ति आयो । एक वैज्ञानिकको क्रान्तिका कारण प्राचीनकालदेखि चलिरहेको ज्ञानमा प्रश्न चिह्न खडा भयो ।

मानव शरीरको काँटछाटद्वारा भित्री अंगको बनावटबारे नयाँ कुराहरु पत्ता लाग्यो । वास्तवमा यस किसिमको परिवर्तनको सुरुवात १६ औ शताब्दीमा भएको थियो, जब पहिलो पटक मानव शरीरको शल्यक्रिया भयो । त्यसपछि मेडिकल साइन्सको दुनियामा ठूलो बदलाव आयो ।

पादुआ शहर

यस किसिमको बदलावको अगुवाई इटलीको पादुआ शहर र यसको विश्वविद्यालयले गरेको थियो ।

पादुआ शहरको धार्मिक, सांस्कृतिक तथा साहित्यिक धरातलको निकै ठूलो इतिहास रहेको छ । अंग्रेजी साहित्यमा विशेष रुचि राख्ने व्यक्तिहरुलाई यो कुरा अवस्य थाहा छ, यो शहर शेक्सपियरको नाटक ‘द टेमिंग अफ द श्रू’को केन्द्र हो ।

पदुआ नै त्यो प्राचीन शहर थियो, जहाँ इटालीका कलाकार गियोट्टोले स्क्रोवेगनी चैपलमा जीवन्त आकृति कुदेका थिए । गियोट्टोलाई कलाकोे दुनियामा पुनर्जागरणका सर्जक पनि भनिन्छ ।

उत्तरी इटालीको यो शहरको मुख्य विशेषता भनेको यो शहर आधुनिक चिकित्सा विज्ञान (मेडिकल साइन्स)को जग राख्ने शहर पनि हो ।

पादुआमा सयौं वर्ष पहिलेदेखि नै मेडिकल विषयको पढाई हुन्थ्यो । यही परम्परा अन्तर्गत १२२२ मा यस ठाउँमा विश्वविद्यालय स्थापना गरिएको थियो, जुन वैज्ञानिक अध्ययनका लागि प्रसिद्ध केन्द्रको रुपमा परिचित थियो ।

पादुआ विश्वविद्यालयलाई निकै स्वतन्त्रता दिइएको थियो । जब भेनिस गणराज्यले सन् १४०५मा यो शहरमा कब्जा जमायो, त्यसबेला पनि भेनिसका शासकहरुले पादुआ विश्वविद्यालयलाई स्वतन्त्र छोडेका थिए ।

पादुआ विश्वविद्यालयका एसोसिएट प्रोफेसर फेवियो जम्पिएरी भन्छन्, ‘भेनिस गणराज्यलाई थाहा थियो, पादुआ विश्वविद्यालयको मद्दतले उनीहरुले भेनिस सरकारलाई नयाँ पहिचान दिन सक्छन् । यो  शहरमा नयाँ सम्बन्ध कायम गर्न सक्छन्  । त्यसैले, भेनिस शासकले पूरै युरोपबाट विद्वानहरुलाई पादुआ बोलाएर अध्ययन तथा अध्यापन गराउने मौका दिएका थिए । ती विद्वानसित अध्ययन गर्न विद्यार्थीहरु पनि टाढा टाढादेखि पादुआ आउँथे ।

फेवियो भन्छन्, ‘यही कारण हो कि पादुआ विश्वविद्यालय वैज्ञानिक पुर्नजागरणको केन्द्र बन्यो ।’

त्यसबेला, मध्यकालीन यूरोपमा ठूल्ठूला परिवर्तनहरु भइरहेका थिए । प्राचीनकालको धार्मिक मूल्य मान्यताबाट मानिसहरु आफूलाई स्वतन्त्र बनाइरहेका थिए । ज्ञानका नयाँ-नयाँ कुरा सुनेर मानिसहरुले धार्मिक मान्यतालाई आत्मसाथ गर्नुको सट्टा वैज्ञानिक अनुसन्धान तथा तर्कहरुलाई महत्व दिन थालेका थिए ।

फेवियोका अनुसार पुनर्जागरणको समयमा ग्यालिलियो पादुआ विश्वविद्यालयमा गणित पढाउँथे ।

पहिलो मुटु प्रत्यारोपण

मानव शरीरमा रक्तसञ्चार प्रणालीले कसरी काम गर्छ भन्ने विषयमा पहिलो पटक लेख लेख्ने विलियम हार्वेले पनि पादुआ विश्वविद्यालयबाटै मेडिकल विषय अध्ययन गरेका थिए । यही विश्वविद्यालयका प्रोफेसर स्यान्टोरियोले नै थर्मोमिटरको आविष्कार गरेका थिए ।

१८ औं शताब्दीमा यस विश्वविद्यालयका प्रोफेसर गियोवान्नी बतिस्ता मोर्गाग्नीले आधुनिक प्याथोलोजीको जग बसालेका थिए । मुटुको पहिलो सफल प्रत्यारोपण पनि सन् १९८५ मा पादुआमै भएको थियो ।

पादुवाको ट्रेन स्टेशनबाट हिँडेर १५ मिनेटमा पुगिने  ‘पलाज्जो बो’ भन्ने ठाउँलाई पादुआकै केन्द्र मानिन्छ । यो पादुआ विश्वविद्यालयको केन्द्र पनि हो , जहाँबाट आधुनिक मेडिकल साइन्सको विकास सम्भव भयो । यही विश्वविद्यालयले मेडिकल साइन्ससित सम्बन्धी धेरै खोज गरेको थियो ।

यही नै एन्ड्रियास भेसेलियसले पहिलो पटक पाँचसय भन्दा बढी मानिसको सामुन्य मानव शरीरको शल्यक्रिया गरेका थिए ।

बेल्जियमको ब्रसेल्समा जन्मेर सेप्टेबर १५३७ मा पादुआ विश्वविद्यालय आएर एन्ड्रियास भेसेलियसले सोही वर्षको डिसेम्बरमा पादुआ विश्वविद्यालयबाट डाक्टरेट इन मेडिसिन गरेका थिए । त्यसपछि उनी  सोही विश्वविद्यालयको एनाटोमी तथा सर्जरी विभागको अध्यक्ष रहे ।

उने सोही कार्यकालमा  ‘दि हयूमनी कारपोरिस फेव्रिका लिब्री सेप्टेम’ नामक ग्रन्थी लेखे । मानिसको शरीरको बनावटबारे लेखिएको यो ग्रन्थ सन् १५४३ मा प्रकाशित भएको थियो । यसलाई सातवटा किताबमा विभाजित गरिएको थियो ।

यस किताबमा मानव शरीरको बनावट र यसले काम गर्ने तरीकाबारे विस्तृतमा उल्लेख गरिएको छ ।  यस किताबमा मानव शरीरका प्रत्येक अंगको स्केच समेत बनाइएको थियो ।

तेश्रो शताब्दीको सुरुवाततिर ग्रिक फिजिसियन हेरोफिलस र एरासिसट्राटसले पहिलो पटक मिस्रस्थित अल सिकंदरिया विश्वविद्यालयमा मानव शरीरको शल्यक्रिया गरेका थिए ।

त्यसबेला उनीहरुले आफ्नो अनुभवबारे जे जति कुरा लेखेका थिए, अल सिकंदरिया विश्वविद्यालयको लाइब्रेरीमा लागेको भिषण आगलागीमा जलेर ती सबै लेख नष्ट भए । त्यसबेला, अल सिकंदरिया विश्वविद्यालयलाई विज्ञान र संस्कृतिको सबैभन्दा ठूलो केन्द्र मानिन्थ्यो ।

त्यसपछिका दिनहरुमा यूनानी र रोमन साम्राज्यमा मानिसको शरीरको चिरफारलाई निन्दनीय मान्न थालियो । जसले गर्दा चिरफारको क्रम बन्द हुन पुग्यो । परिणामस्वरुप, गेलेनलाई बाँदरको चिरफार गरेर आफ्नो अनुभव लेख्नु पर्‍यो ।

मानिस र अन्य जनावरको बनावटमा धेरै कुरा अन्तर भएकाले पनि १६ औं शताब्दीसम्म पनि यो गडबडी हाम्रो मेडिकल साइन्समा रहिरह्यो ।

१४ औं शताब्दीमा मेडिकल साइन्सका विद्यार्थीहरुका मानव शरीरको चिरफारलाई एक पटक फेरि अनिवार्य गरियो । तर भेसेलियसको अनुभव पश्चात नै मानिसहरुले पुरानो ज्ञानमा प्रश्न उठाउन तथा नयाँ ज्ञानलाई स्वीकार्न थाले ।

भेसेेलियसले जब आफ्नो किताब प्रकाशित गरे, त्यतिबेला निकै ठूलो हंगामा भयो । त्यसबेला पश्चिम यूरोपका विद्धानहरुले उनको दावीलाई लिएर विभिन्न प्रश्न उठाए । परिणामस्वरुप, भेसेलियस आफ्नो पेशा छोड्न बाध्य भए ।

तर उनको बहिर्गमन पश्चात्त पनि मेडिकल साइन्सको दुनियाँमा नयाँ किरण र सोचमा कमी आउन छोडेन ।  उनी पश्चात्त ग्याव्रियल फेलोपियो (जसले पहिलो पटक फेलोपियन ट्यूबबारे वर्णन गरेका थिए) तथा बार्तोलोम्यो यूस्ताचीले भेसेलियसको पथलाई पछ्याइरहे । यो सबैको आदाकदको  पोर्टेट आज पनि पलाज्जो बोमा टाँगिएको देख्न सकिन्छ ।

सन् १५९४मा विश्वविद्यालय परिसरमा मानव शरीरको चिरफार गर्नका लागि एक ल्याबको निर्माण गरियो । उक्त भवन आज पनि क्याम्पस परिसरमा देख्न सकिन्छ ।

यहाँ मैनबत्तीको उज्यालोमा मानिसहरुको शल्यक्रिया गरिन्थ्यो । महिलाहरु पनि यस्ता शल्यक्रिया हेर्न आउँथे । यस क्रममा मानिसलाई चक्कर नआओस् भन्नका लागि नजिकै वायोलिस अर्केस्ट्रा बजिरहन्थ्यो ।

म्यूजियम अफ हिस्ट्री अफ मेडिसिन

मानव शरीरको शल्यक्रिया शताब्दीयौदेखि हुने गर्थ्यो र, कयौ दिनसम्म जारी रहन्थ्यो । यस्ता शल्यक्रिया विशेषगरी कार्निभल ताका हुने गर्थ्यो, जहाँ धार्मिक बन्देजहरुबाट छुट पाइन्थ्यो ।

पादुआ शहरमा एउटा म्यूजियम अफ हिस्ट्री अफ मेडिसिन पनि छ । यसमा ती सबै सबूतहरु छन्, जसले मेडिकल साइन्सको इतिहासबारे हामीलाई अवगत गराउँछ ।

यसैगरी पादुआ विश्वविद्यालयको बोटानिकल गार्डेनलाई पनि विश्व धरोहर घोषित गरिएको छ । यसको स्थापना १५४५मा भएको थियो । मेडिकल साइन्सका विद्यार्थीहरुलाई यसले प्रकृतिसित नजिक हुने अवसर मिल्यो ।

यस्ता बोटविरुवाबारे ज्ञान प्राप्त भयो, जुन रोगको उपचार र घाउ भर्नमा प्रयोग हुन्थ्यो । यो बोटानिकल गार्डेनको माध्यमद्वारा इटालीमा आलु, सूर्यमुखी, तिल तथा चमेली जस्तो बोटविरुवासित नजिक हुने अवसर प्राप्त भएको थियो ।

वैज्ञानिकको क्रान्तिको केन्द्र

फेवियो जम्पिएरीका अनुसार युरोपका मानिसहरुले  यस गार्डेनलाई धन्यवाद दिनुपर्छ  किनकी यसकै कारण उनीहरुले कफी पाए । १६ औ शताब्दीमा यस गार्डेनका निर्देशक समेत रहेका प्रोस्पेरो अल्पिनीले यूरोपमा पहिलो पटक कफीको उल्लेख आफ्नो किताब ‘मेडिसिन एइजिप्टियोरम’मा गरेका थिए  ।

क्याम्ब्रिज विश्वविद्यालयका भाइस चान्सलर तथा इतिहासकार हर्बर्ट बटरफिल्डले सन् १९५९मा छपिएको आफ्नो किताब द ओरिजिन अफ मोर्डन साइन्स १३००-१८००मा लेखेका थिए ,’ यदि कुनै ठाउँले आफूलाई वैज्ञानिक क्रान्तिको केन्द्र भएको दावी गर्छ भने त्यो हो पादुआ ।’

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment