+
+

साढे दुई करोड धरौटी बुझाएर छुटे गोपाल खड्का

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २९ गते १७:३४

२९ माघ, काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् ।

अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो । विशेषले म्याद पठाएको ३० औं दिनमा खड्का हाजिर हुन आएका विशेष अदालतका रजिस्टार भीम श्रेष्ठले जानकारी दिए

यो पनि पढ्नुहोस् : ‘कुवेर’ गोपाल खड्का : ५ वर्षमा ५ घर, ५५ बैंकमा नगद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?