Comments Add Comment

खानेपानी मन्त्रालयले भन्यो- ११ महिनामा मेलम्चीमा कसैले नसोचेको प्रगति

२९ माघ, काठमाडौं । खानेपानी मन्त्रालयले एक वर्षको अवधिमा साना-ठूला गरी ५ सय भन्दा बढी खानेपानीका आयोजना भएको जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्ष पुग्नै लाग्दा मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो ।

चैत २ गतेदेखि मन्त्री बिना मगरले मन्त्रालय सम्हालेयता पछिल्लो ११ महिनामा ५ सय १८ वटा साना-ठूला खानेपानीका आयोजना सम्पन्न भएको दाबी गरिएको छ ।

मन्त्री मगरले मन्त्रालय सम्हालेपछि मेलम्ची आयोजनाले समेत गति लिएको दाबी गरिएको छ ।  जबकी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसी काम छोडेर गएपछि  मन्त्रालय आफैंले उससँगको ठेक्का तोडिसकेको छ । २७ वर्षअघि देखि सुरू भएको  यो राष्ट्रिय गाैरवको आयोजनाको काम हाल अलपत्र छ ।

पछिल्लो ११ महिनामा मेलम्चीको काम द्रुतमा गतिमा अघि बढेको र हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको मन्त्रालयको दाबी छ ।

‘एघार महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन्, वर्षौ वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम अब १ किलो मिटर पनि छैन’, मन्त्रालयले जारी गरेको प्रगति विवरणमा उल्लेख छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्ऽीय खानेपानी आयोजनाहरु मध्ये १ सय १० आयोजनाहरु सम्पन्न भईसकेका र यि आयोजनाबाट १ लाख ८३ हजार ४५५ जनसंख्या लाभान्वित हुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् ।

विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् ।

सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लावारी, झापाको चन्ऽगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा र पर्सामा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् ।

त्यसैगरी यो एक वर्षको अवधिमा तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भइसकेका छन् ।

यो एक वर्षको अवधिमा ३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका मन्त्रालय बताउँछ ।

मन्त्रालयका अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरु मध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण तथा पुनस्थापनाको काम सकिएको छ । यी आयोजनाहरुबाट १ लाख ५२ हजार २१४ जनसंख्या लाभान्वित हुने मन्त्रालयले भनेको छ ।

गएको एक वर्षको अवधिमा मन्त्रालयले खानेपानी आयोजनाहरुको निर्माण बाहेक अन्य थुप्रै कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा खानेपानी आयोजना बाहेक १७ जिल्लालाई दिसा मुक्त घोषणा गरिएको र हालसम्म मुलुकभरका ६३ जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषणा भएका मन्त्रालयले जानकारी दिएको छ ।

यस अवधिमा एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १ सय ७८ दशमलब ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका हकमा मन्त्रालयको निर्देशनअनुसार काठमाण्डौ उपत्यका भित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको भौतिक प्रगति यस अवधिमा २० प्रतिशत थप भइ करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।

निर्माणाधीन मनोहरा, हनुमन्ते तथा खस्याङखुसुङ नदीहरुको दुवै किनारमा जम्मा ४५ किलोमिटर मध्ये ११ दशमलब ०९ किमि ढल बिछ्याउने काम सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ ।

ललितपुरको बालकुमारी (कोड्कु) स्थित १ करोड ७५ लाख लिटर प्रतिदिन क्षमताको फोहोर पानी प्रशोधन केन्ऽ निर्माणको शिलान्यास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment