Comments Add Comment

पत्रकार वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना’ बजारमा

१ फागुन, काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बजारमा आएको छ ।  यसअघि दुईवटा उपन्यास सार्वजनिक गरेका वाग्लेले तेस्रो कृतिका रुपमा गैर आख्यान कृति ल्याएका हुन् ।

उनको कृति पब्लिकेशन नेपालयले बजारमा ल्याएको हो । यो कृति पत्रकार वाग्लेले समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित छ । यो पूर्व प्रकाशित कफीगफहरुको संग्रह नभइ केही समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो । गैरआख्यान भएता पनि यसमा उपन्यासका पाठकहरुले आख्यानको आनन्द पनि पाउन सक्ने वाग्ले बताउँछन् ।

पब्लिकेशन्स नेपालयले भोलिदेखि देशभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुने बताएको छ । मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ ।

इन्टरनेटमार्फत् थुप्रै डट कम, किताब यात्रा डट कम र ‘सस्तो बुक डट कमबाट पाठकले घरमै मगाउन पनि सक्ने छन् । त्यसबाहेक यसलाई संसारभरि अमेजन मार्फत् पनि उपलब्ध गराइसकिएको पनि पब्लिकेशन नेपालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment