Comments Add Comment

रिल र रियलका फुटबल ‘क्याप्टेन’ एकसाथ

शुक्रबार, चलचित्र ‘क्याप्टेन’को टिमले एक फरक माहोल तयार पार्यो । चलचित्रमा समावेश ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक कार्यक्रममा फुटबल दुनियाँ हस्ती र चलचित्रको टिमविच अन्तरक्रिया भयो । यो चलचित्रले पनि फुटबलको कथालाई उठान गरेको छ । राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनले चलचित्रको सफलताको शुभकामना दिए । उनले भने–‘यो हामी सबै खेलाडीको कथा हो भन्ने मलाई लागेको छ । आशा छ, चलचित्रले सफलता पाउनेछ । म मेरो तर्फबाट गर्ने सबै सहयोग गर्नेछु ।’

अखिल नेपाल फुटबल संघका अध्यक्ष र महासचिवले पनि आफूहरुले चलचित्रको प्रचारका लागि सहयोग गर्ने बताए । उनीहरुले, देशभरका आफ्नो निकायमा चलचित्रका लागि के गर्न सकिन्छ भन्ने बिषयमा योजना बनाएर सर्कुलेशन गर्ने समेत बताएका थिए ।

नेपाली फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले पनि राष्ट्रियता र खेल जोडिएको चलचित्र बनाएको भन्दै यो टिमलाई धन्यवाद दिएका थिए । नायक भूवन केसीले यो चलचित्रलाई आफूले राष्ट्रिय चलचित्र भन्न रुचाउने भन्दै एन्फाबाट ठूलो सहयोग पाएको बताए ।

फुटबल खेलाडी हरि खड्काले नायक अनमोल केसीलाई फुटबलको ३ महिनाको ट्रेनिङ देखिएका थिए । नायक अनमोल केसीले यो चलचित्रले राष्ट्रियता बोकेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । फागूण १७ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । दिवाकर भट्टराइले चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment