५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार सेयर बजार ३ दशमलव १५ अंकले ओरालो लागेको हो ।
३ दशमलव १५ अंकले बजार घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ९ दशमलव ७२ को विन्दुमा झरेको छ । आज अधिकांश समूहहरु राताम्मे देखिएका छन् ।
आइतबार दिनभर भएका ५ हजार १ सय १५ कारोबारबाट १ सय ७३ कम्पनीका ८ लाख २८ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २१ करोड ७ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा आइतबार प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ ।
प्रभु बैंकको १ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।