
५ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर एकजना कामदारको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा टेलिकममा करारमा कार्यरत् भारतको उत्तर प्रदेश घर भएका वसन्त राठौर छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार दिउँसो टेलिकमको टावर मर्मत गर्ने क्रममा उनी खसेका थिए ।
बोगटीका अनुसार हाल राठौरको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ । त्यहाँ उनको पोष्टमार्टम गर्ने तयारी छ । धनगढीमा रहेका राठौरका आफन्त आएपछि पोष्टमार्टम हुनेछ । पोष्टमार्टमका लागि परिवारले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4