
७ फागुन, काठमाडौं । जुन प्रकारले पाकिस्तानीहरुले आफ्नो देशलाई हेर्छन्, त्यही तरिकाले विश्वले पनि देखोस् भन्नु जरुरी छैन । यसैप्रकारले जसरी हिन्दुस्तानीहरुले भारतलाई देख्छन्, अरु विदेशीले पनि त्यस्तै दृष्टिले भारतलाई हेरुन् भन्ने जरुरी पनि छैन ।
जनताका भावना, मिडियाबाजी, नेताहरुको बोली आफ्नो ठाउँमा छ तर सरकारले कुनै पनि एक्सन वा रियक्सन जनाउनुअघि दस प्रकारले अरु कुराहरु पनि सोच्नुपर्दछ ।
अब पुलवामा भएको घातक हमलाकै कुरा गरौं । वा यसभन्दा अगाडिका पठानकोट र उडीका घटना वा सन् २००८ को मुम्बई हमला वा सन् १९९३ को मुम्बईमा दर्जनौं बिष्फोटनले भएको बर्बादी । प्रमाण, तानाबाना, आक्रोश आफ्नो-आफ्नो ठाउँमा थिए तर त्यसपछि के भयो ?
युद्ध हुन्थ्यो भने सन् २००१ को डिसेम्बर १३ तारिखमै हुन्थ्यो । त्यतिबेला लोकसभा भवनमा चरमपन्थी आक्रमण भएको थियो । दुई दिनपछि रक्षा मन्त्रालयको तर्फबाट सेनालाई मार्चिङ्ग अर्डर प्राप्त भइसकेको थियो ।
सन् १९७१ को बंगलादेश युद्धपछि पाकिस्तानसँग जोडिएको सीमामा भारतीय सेनाको सबैभन्दा ठूलो तैनाथी थियो । दुवै तर्फका फौज पन्जाबबाट गुजरातसम्म एकअर्कालाई निशाना लगाएर बसीरहे । ८ हजार करोड रुपैयाँ खर्च भइसकेपछि सेना डेढ वर्षपछि अर्को मोर्चामा फर्किए । त्यसपछि आगरामा मुशर्रफ-वाजपेयी वार्ता भयो । तर नतिजा… ।
दोस्ती र दुश्मनीको गणित
यसपटक पनि जबसम्म रिस शान्त हुँदैन तबसम्म सेनाहरुलाई तम्तयार बनाएर राखियोस् । चुनावमा सबै पार्टीहरुले पुलवाको मुद्दा उठाउन् ।
दुवै देशले इस्लामाबाद र दिल्लीबाट लामो समयका लागि राजदूत फिर्ता बोलाइयोस् । आर्थिक र सांस्कृतिक आदानप्रदान एवम् भ्रमण रोकियोस् । एकअर्काविरुद्ध गुप्त कारबाही अझै तीव्र बनाइयोस् । तर फेरि, त्यसपछि ?
चीन होस् या रुस, अमेरिका होस् या साउदी अरब वा युरोपियन युनियन हरेकले आफ्ना अप्ठ्याराहरुलाई आफ्नो हिसाबले हेर्दछन् । अन्तर्राष्ट्रिय स्तरमा मित्रता पनि मोलतोलमा हुन्छ र दुश्मनी पनि गणितको हिसाबले हुन्छ ।
यस्तो बेला यदि अफगानिस्तान मुद्दालाई सुल्टाउनका लागि अमेरिकालाई पाकिस्तानलाई आवश्यकता न हुँदोहोत अहिलेसम्म ट्रम्पले पुलवा आक्रमणको विषयमा कमसेकम पाँछच ट्वीट गरिसकेका हुन्थे ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा यो मुद्दा उठाउन अवश्य सकिन्छ तर चीनले भिटो प्रयोग गरिदिने छ । साउदी अरबलाई जति भारतको आवश्यकता छ त्योभन्दा बढी आवश्यकता साउदी अरबलाई पाकिस्तानको छ ।
इरान र भारत मिलेर पाकिस्तानविरुद्ध कुनै मोर्चा बनाउने सम्भावना पनि देखिँदैन । के भारतले पाकिस्तानमाथि हमला गर्नुपर्छ ? मनले चाहे पनि अहिले परिस्थिति अनुकुल देखिँदैन ।
तर, पुलवामा जुन बारुद प्रयोग भएको छ त्यो सीमाबाटै प्रवेश भएको छ ? यो ओसार्ने स्थानीय थिए वा सीमाको दोस्रोतर्फ बसेको थियो ? के कश्मिरमा मिलिटेन्सी आज पनि बाहिरबाट नियन्त्रित छ या अब उसको आन्तरिक ढाँचा बनिसकेको छ ? भट्टीमा प्रयोग हुने कच्चा पदार्थ बलुचिस्तानबाट कश्मिरसम्म किन पुगिरहेका छन् ? यसतर्फ कुनै पनि सरकारले किन रोक्न सकिरहेका छैनन् ?
यो कुरा सबलाई थाहा छ तर जवाफ दिने कसले ? दुश्मनीमा सबैभन्दा पहिलो लाश सत्यको खस्छ- माने पनि नमाने पनि ।
(बीबीसी हिन्दीका पाकिस्तान सम्वाददाता वुसअतुल्लाह खानको रिपोर्ट)
प्रतिक्रिया 4