Comments Add Comment

शिवम् सिमेन्टसको आईपीओमा झण्डै २९ करोडको आवेदन (अपडेट)

७ फागुन, काठमाडौं । सोमबारदेखि खुला भएको शिवम् सिमेन्टस् लिमिटेडकोे साधारण सेयर (आईपीओ) मा मंगलबार बिहानसम्म झण्डै २९ करोड रुपैयाँको आवेदन परेको छ ।

सोमबार बिहानसम्म २८ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार जम्मा आवेदन भने ७ हजार ७ सय ९२ वटा परेको छ । यस कम्पनीको आईपीओ प्रतिकित्ता ३ सय रुपैयाँमै रहेको छ ।

यस अघि प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा प्रिमियम वापत ३ सय रुपैयाँ थप गरी प्रति सेयर ४ सय रुपैयाँ भनिएकोमा नेपाल धितोपत्र बोर्ड बैठक पछि प्रतिकित्ता एक सय रुपैयाँ प्रिमियम २ सय रुपैयाँमात्र गरेर जम्मा ३ सय रुपैयाँमै कम्पनीले सर्वसाधारणका लागि सेयर बेच्न लागेको हो ।

आइतबार (फागुन ६) देखि फागुन ९ गेतसम्म कम्पनीको आवेदन खुला हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ९ गतेसम्म पर्याप्त आवेदन नपरेमा समय थप हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि यस अघि नै कम्पनीले सेयर जारी गरेको थियो । यस अघि प्रिमियम सहित ३ सय रुपैयाँमा स्थानीयका लागि कम्पनीले सेयर निष्काशन गरेको थियो । सर्वसाधारणका लागि नै ३ सयमा पाउने भए पछि स्थानीयलाई कम्पनीले थप सहजता प्रदान गर्नेछ ।

पहिले ३ सय रुपैयाँमा स्थानीयका लागि ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरी २ लाख २ सय ४० कित्ताको मात्र आवेदन परेको र सो लाई बाँडफाँट गरिएकोमा हाल तोकिएको निष्काशन मूल्य बमोजिम बाँडफाँट भएका सेयरधनीहरुलाई कूल १ लाख १ सय २० कित्ता सेयर थप प्रदान गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बाँकि रहेको ५ लाख ७९ हजार ६४० कित्ता सेयर २ सय रुपैयाँमा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाईएको र उद्योग प्रभावित क्षेत्र मकवानपुर जिल्लाका सम्पूर्ण बासिन्दाहरुले समेत निष्काशन खुल्ला अवधिमा तोकिए बमोजिम आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ ।

यस सार्वजनिक निष्काशनमा न्यूनतम ५० कित्ता तथा अधिकतम सम्पूर्ण कित्ताका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणाली मार्फत आवेदन गर्न सकिनेछ ।

यस सार्वजनिक निष्काशनमा एनआइविएलएस क्यापिटल लिमिटेड, ग्लोवल आइएमइ क्यापिटल लिमिटेड र सिविआइएल क्यापिटल लिमिटेड प्रत्याभूतिकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment