Comments Add Comment

गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

७ फागुन, काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

‘आज उहाँलाई होटल फर्काउने कि अस्पतालमै राख्ने भन्ने कुरा एमआरआईको रिपोर्ट हेरेपछि मात्र थाहा हुन्छ’, अस्पताल स्रोतले भन्यो,‘ तर अहिलेको स्थिति हेर्दा एक रात अस्पतालमै राख्ने सम्भावना देखिएको छ ।’

यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि उनी  पोखराको कार्यक्रममा आएका थिए । उनले भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment