Comments Add Comment

भारतीय समूहले किन्यो सौर्य एयरलाइन्स

८ फागुन, काठमाडौं । सौर्य एयरलाइन्स फेरि अर्को समूहले खरिद गरेको छ । गैरआवासीय नेपालीहरुले किनेर चलाउन नसकेपनि यो एयरलाइन्सको सेवा बन्द छ ।

भारतको कुवेर समूहले केही नेपाली साझेदारसँग मिलेर सौर्य एयरलाइन्स किनेको हो ।  भारतीय कम्पनीले सौर्य किन्न ६० करोड भन्दा बढीको डिल फाइनल गरेको छ । यसअघि सौय एयरलाइन्स बेच्ने सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण भएको थिएन ।

एयरलाइन्सका अध्यक्ष दिपक पोखरेल यस सम्बन्धी सम्झौता गरेर भारतबाट फर्किएका छन् । सौर्य किन्ने समूहले सबै सेयर आफैंले राखेका छन् ।  दिनमा ७ वटा उडान भर्न अनुमति पाएको कम्पनी कम्पनी पूर्ण रुपमा नयाँ व्यवस्थापनका साथ चल्नेछ ।

चार वर्ष अघि स्थापना भएको सौर्य एयरलाइन्समा सुरुबाटै व्यवस्थापकीय समस्या थियो । सौर्यसँग जेट इन्जिनयुक्त जहाज छन् । जसले आन्तरिक हवाई सेवा दिने अनुमपति पाएको छ ।

सौर्यसँग बम्बार्डियर सिआरजे-२०० जहाज सञ्चालनयोग्य अवस्थामा छ । यसले भैरहवा, नेपालगंज, भद्रपुर, विराटनगर र  धनगढीमा उडान भर्न अनुमति पाएको  छ ।

आर्थिक संकटमा फेसेपछि कम्पनी समस्यामा पर्दै आएको थियो । सञ्चालन घाटाका कारण कम्पनीले क्षमताअनुसार सेवा पनि दिन सकेको छैन भने व्यवस्थापकीय खर्चहरु जुटाउन पनि समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment